सिमकोट । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरिय कोरोना संक्रमण व्यवस्थापन केन्द्र (डिसिसीएमसी) हुम्लाले जारी गरेको निषेधाज्ञ पूर्णरुपमा कार्यान्वयन भएको देखिएको छ ।
निषेधाज्ञमा कसैलाई विना काम बाहिर ननिस्कन दिने निर्णय अनुसार बिहानै देखि जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । अत्यावश्इक काममा बाहेक बाहिर कसैलाई पनि आउनबाट प्रहरीको टोलीले रोकिरहेको देखिन्छ ।
निषेधाज्ञमा बिहान ७ बजेदेखि १० बजेसम्म दैनिक उपभोग्य वस्तुको खरिदका लागि बजार खुला गर्ने भनिए अनुसार बजारमा आएका व्यक्तिहरुलाई समेत बजारमा सुरक्षाकर्मीले होल्डीङ गरेर सोधखोज गर्ने काम गरेका छन् ।
'हामीले बजारमा भेटिएकाहरुलाई कामको प्रकृतीका बारेमा बुझ्न सोध्ने काम गरेका छौं’ प्रहरी प्रमुख हेरम्ब शर्माले भने, ‘पहिलो दिनको बिहानसम्म जिल्लाभर निषेधाज्ञको पूर्णरुपमा कार्यान्वयन भएको खबर प्राप्त ष्रेका छौं ।’
जिल्लाका विभिन्न स्थानमा भएका प्रहरी यूनिटबाट खटिएका सुरक्षाकर्मीहरुले बजारमा निस्कनबाट स्थानीयलाई रोक लगाएको सर्केघाडबाट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तोष धामीले जानकारी दिए । डिसिसिएमसीको निणर््य अनुसार प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञको कायान्व्यन सर्केगाडमा पनि कार्यान्वयन भएको उल्लेख गरेका स्वास्थ्य शाखा प्रमुख धामीले बाहिर पालिकाबाट भित्रिहरुको रेकर्ड राख्न सर्केगाड–१ के वालुकुनामा हेल्थ डेक्स स्थापना गरिएको जानकारी दिए ।
यसैगरी जिल्लाको दक्षिण भेगका अदानचुली र ताँजकोट गाउँपालिकामा समेत निषेधाज्ञको पालना भएकोबताइएको छ । निषेधाज्ञ जारी भएदेखि बाहिर अनावश्यक काममा हिड्ने भिडभाड गर्नबाट सुरक्षा निकायले रोक्ने काम गरिरहेको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले जानकारी दिए ।
निषेधाज्ञको पहिलो दिनको बिहानी समयमा देखिएकोअवस्थाका बारेमा सहकर्मी दाने बोहराले कैद गरेका तस्बीर