सिमकोट । दल त्याग गरेको भन्दै वडा अध्यक्षको पद रिक्त राख्न सिफारिस गरेको माअोवादी केन्द्र हुम्लाले अदानचुली गाउँपालिका–१ का वडा अध्यक्ष रग्या थापालाई पार्टीमा स्वागत गरेको छ ।
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समुहमा खुलेका वडाअध्यक्ष थापालाई नेकपा माओवादी केन्द्र अदानचुली गाउँ कमिटिले गएको वैशाख १३ गते दल त्याकको कानून अनुसार कावाही गर्न पार्टी जिल्ला र केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
हुम्ला सदरमुकाम सिमकोटको जिल्ला पार्टी कार्यालयमा आफू साविककै पार्टी माओवादी केन्द्रमै रहेको भन्ने विज्ञप्ती प्रकाशित गरेपछि आफूहरुले पार्टीमा थापालाई स्वागत गरेको माओवादी केन्द्र हुम्लाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए ।
स्थानीय पार्टीले दल त्याकको कारबाही गर्न सिफारिस गरेको थियो तर हामीले कारबाहीको कुनै प्रक्रिया अघि बढाएका थिएनौं, अध्यक्ष जैशीले नेपालबोटसँग भने,‘स्थानीय पार्टीको सिफापरस अनुसार आवश्यक सोधखोज गर्दा वडा अध्यक्ष थापाले आफू माओवादीमै रहेको भन्ने प्रष्टिकरण दिएपछि हामीले औपचारिक रुपमा पार्टीमा स्वागत गरेका हौं ।’
हामीले सिफारिस नगरेसम्म प्रदेश र केन्द्र पार्टीले कारबाहीको कुनै प्रक्रिया अघि नबढाउने उल्लेख गरेका अध्यक्ष जैशीले अब थापा माथिको दल त्याक गरेको कारबाहीको सिफारिसको कुनै अर्थ नरहने प्रतिक्रिया दिए ।
पार्टीले स्वागत गराई पाउनु प¥यो– वडा अध्यक्ष थापा
विग २३ वर्ष देखि कम्युनिस्ट र माअोवादी आन्दोलनमा लागेको भएपनि पार्टीले आफूमाथि अन्याय गरेकाले आज स्वागत गराई पाउनु पर्ने अवस्था आएको अदानचुली–१ क वडा अध्क्ष रग्या थापाले जानकारी बताए ।
‘म पहिलेदेखि नैं माओवादी हो । अहिले पनि माओवादी पार्टीमै हो’, उनले भने, ‘पार्टीका केही साथीहरुको प्रवृतीका कारण ममाथि भौतिक आक्रमण गर्ने, विभिन्न आरोप लगाउने र उल्टै अर्को पार्टी गयो भन्दै कारबाहीको सिफारिस लगायतका श्रृंखलाबद्ध आक्रमण भएपछि म तटस्थ रुपमा बसेको थिएँ ।’ आज जिल्ला पार्टीले मेरो केही बुझेरै होला मलाई पार्टीमा स्वागत गरेको छ । आप्mनै पार्टीमा आफैले स्वागत गराइ पाउने निकै अनौठो लगोको प्रतिक्रिया दिएका थापाले आफूमाथि भएको अन्यायका विरुद्धमा पार्टी भित्र र बाहिर लड्दै जाने बताए ।
माअोवादी केन्द्रले दल त्याकको कारबाही गरेकै दिन पनि थपाले नेपालवोटसँग आफू माओवादी केन्द्रमै रहेको प्रतिक्रिया दिएका थिए ।
यस्तो छ, वडा अध्यक्ष थापाले निकालेको विज्ञप्ती