मुगु । कोरोना भाइरसको कहरमा अहिले मुगुका किसान जेठमा पाक्ने जौ, गहुँ बाली भित्र्याउन हतारो छ ।
मुगु जिल्लाका लेकाली क्षेत्रका खेतबारीमा लगाइएको जेठासी बालीको उत्पादन यो वर्ष दोब्बरले घटेको छ ।
जिल्लाको कुल ३ लाख २३ हजार ४ सय ५० वर्गमिटर क्षेत्रफल रहेको मुगुको खेतीयोग्य जमिन १९ हजार ३ सय ४० वर्गमिटरमा लगाईएको गहुँ, जौ बालीको उत्पादन यो वर्ष घटेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।
गएका वर्षहरु भन्दा यो वर्ष हिउँदमा हिमपात नपर्दा जिल्लाकै बढी उत्पादन हुने जौ, गहुँ छायानाथ रारा नगरपालिकाको कार्कीवाडा, चैना, पिना, बालै, टोप्ला, ताल्चा सोरु गाँउपालिकाको सिप, तारापानि, कालै सोरुकोट, कच्र्चे, भिई, नार्थपु, खत्याड गाँउपालिकाको गम्था, सेरी, श्रीकोट, रोल, रातापानि, सुकाढीक, हेयाङ्गलु, खमाले, मुगमकामारोङ्गको छाईल, चिमाथ, माग्री, पापु, मह, लगाएतका ठाँउमा उत्पादन दोब्बरले कमी आएको हो ।
सिंचाई नभएर आकाशे खेतीका भरमा खेति हुने यस क्षेत्रमा यो वर्ष हिउँदको महिनामा हिउँ र वर्षा नभएकाले बाली विरुवामै सुकेका कारण उत्पादन घटेको बताइएको छ । गर्त वर्षहरुमा ६/७ महिना जै र गहुँ खाएर आत्म निर्भर गर्ने गरेका थियौ यो बर्ष निकै गारो हुने भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का कृषक उनसरा मल्लले बताईन ।
‘गर्त वर्षमा ५/६ थुन (भकारी) मा एक खेतमा अन्न हुन्थो यो बर्ष १/२ डाला पनि उत्पादन भएन । उनले भनिन्, ‘यो वर्ष समयमा हिउँ नआउँदा उत्पादन कम भएको हो ।’ यो वर्ष ३/४ महिनासम्म पनि परिवारलाई हुन गाह्रो हुने उल्लेख गरेकी मल्लले पाखो (भुवा) जमिनमा सिंचाई नभएपछि उत्पादन घटेको बताइन् ।
समयमा वर्ष नभएकाले यो वर्ष जौ, गहुँमा बाला लाग्र्ने समय र अन्य समयमा सिंचाई नभएको र पानि नपरेकाले गत वर्ष भन्दा उत्पादनमा आधा कम भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले बताए ।