काठमाडौं । फार्टी फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमाले भित्रै आप्mना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री माधवकुमार नेपाललाई सत्ताच्युत गर्ने अन्तिम तयारी भएको बुझिएको छ ।
पछिल्लो समय पार्टी अध्यक्ष ओली र खनाल–नेपाल पक्षबीच पार्टी एकताका बारेमा भएका छलफल सफल नभएपछि भोली वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठक अगावै आफू पक्षिय सांसदलाई राजीनामा दिने तयारी एमाले खनाल–नेपाल पक्षले गरेको छ ।
प्रधानमन्त्री ओलीले आफू बहुमतमा रहेको भन्दै प्रतिनिधिभाबाट विश्वाशको मत लिन बोलाइएको संस्द बैठकमा मतदान नगरे आफू पक्षिय सांसद कारबाहीमा पर्ने भएपछि खनाल–नेपाल पक्षले बैठक अघि नै साँसद पदबाट सामुहक राजिनामाको तयारी गरेका हुन् ।
‘पार्टी भित्र पटक–पटक भएका छलफल र वार्ता सफल नभएपछि भोली सोमबारलाई केन्द्रित गरेर शनिबार साँझ खनाल–नेपाल पक्षका २० जना सांसदलेसामुहिक राजीनामा पत्रमा हस्तार गर्ने काम भएको छ’ स्रोतले भन्यो, हामी तर्फका सबै सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेपाललाई बुझाएसकिएको छ ।’ हस्ताक्षर गर्नेमा खनाल–नेपाल पक्षका २० जना सांसद छन् ।
यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ ।
अब केपी ओलीलाई सत्ताच्यूत गरेपछिमात्र नयाँ आधारमा एमालेको एकता खोज्ने वा नयाँ पार्टी गठन गर्ने बारे प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपालसहित भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।
माधव पक्षका एक सांसदले भने–हामीले राजीनामा पत्रमा हस्ताक्षर गरेर माधव नेतृत्वलाई बुझाएका छौं । दुःखका साथ भन्नुपर्छ अब एमाले एकता जोगाउन सकिएन ।
यसबीचमा सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट,सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि केपी ओली पक्षसँग छलफल गरेका थिए ।
तर कांग्रेस सभापति शेरवहादुर देउवाले माधव पक्षका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो ।
एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित पत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको ती सांसदले बताए । उनका अनुसार माधव नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।