सिमकोट । गाउँपालिकाका हरेक वस्तीमा १५/२० जनाको संख्यामा बिरामी भएको ताँजकोटका १५ जना बिरामीको अक्सीजनकोलेवल ९२ भन्दा कम भएको छ ।
गाउँपालिकाको केन्द्र छप्रेला स्थित मैला स्वास्थ्य चौकीले अक्सीमिटरबाट गरिएको परिक्षणमा विभिन्न १५ जनाको बिरामीको कसीजनको लेवल ९२ भन्दा कम भएको स्वास्थ्य चौकी इन्चार्ज धनराज ढकालले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ र २ का २/२ जना, वडा नम्बर ३ का ७ र वडा नम्बर ४ का ४ जना गरेर १५ जना बिरामीको अक्सीजनको मात्रा निर्धारित मापदण्ड अर्थात ९२ भन्दा कम छ’ इन्चार्ज ढकालले नेपालवोटसँग भने, ‘उहाँहरु मध्ये चार जनाको अक्सीजनकोलेवल त म आफै गएर केही समय अघि मात्रै लिएको हुँ ।’
'विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार अक्सीजनको लेवल ९२ देखि ९५ को बिचमा भए गाउँपालिका स्रतको आइसुलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्नु पर्ने व्यवस्था छ’ ढकालले थपे, ‘अक्सीजनको लेवल ९२ भन्दा कम भएमा रिामीलाई अक्सीजन व्यवस्था भएको अस्पतालमा राख्नु पर्ने हो, तर हामी (ताँजकोट) कहाँ भएका सबै बिरामीको अकसीजनको लेवल कम भएपनि घरमै बसेर उपचार गराउन बाध्य छन् ।
कोरोना परिक्षण गरेका कारण गाउँपालिकाबाट बिरामी लिन समेत समस्या भएको बिरामीका आफन्त ताँजकोट–४ गल्लावाडाका देवेन्द्र बढालले बताए । बिरामीका लागेको रोग के हो ? भन्ने बारेमा केही पत्तो छैन् । गाउँपालिकालाई भने परिक्षण कटि छैन ‘भनेर पञ्छिएका छन्’उनले गुनाशो गर्दै भने ।
५ सय एन्टिजेन्ट किट सुर्खेतबाट ल्याइइदैं
गाउँपालिकामा बिरामीको संख्या बढेकाले कोरोना हो वा मौशमी फ्लु हो भन्ने बारेमा एकिन गर्न पालिकाकै तर्फबाट ५ सय एन्टिजेन्ट किट सुर्खेतबाट खरिद गरेर आजै गाउँपालिकामा पु¥याउन लागेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।
पालिकाभर बिरामीको संख्या धेरै भएपनि बिस्तारै ठिक हुँदै गएको बताएका अध्यक्ष मल्लले किट पुग्ने बित्तिकै कोरोना परिक्षण गरेर थप के पहल गर्न सकिन्छ भन्ने निर्णय लिन आफूहरुले सबै तयारी थालेको दावी गरे ।
'धेरै पहिले देखि कोरोना परिक्षण गर्ने एन्टिजेन्ट किट पठाइदिन जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जनस्वास्थ्य कार्यालयसँग अनुरोध ग¥र्यौ’ उनले भने, ‘कतैबाट किट उपलब्ध नहुने भएपछि अन्तिममा हामी आफैले तत्कालका लागि ५ सय किट खरिद गरेको हौं ।’ आज बिहानै कर्णाली प्रदेश राजधानी सुर्खेतमा खरिद गरिएका किट आज वेलुका नैं गाउँपालिका पु¥याउने दावी गरेका मल्लले भोली प्राथमिकताका आधारमा बिरामीलाई परिक्षण गर्ने बताए ।