सिमकोट । सदरमुकाम सिमकोटमासिमति कोरोना संक्रमण हुम्लाका गाउँमा समेत देखिएको छ ।
बुधबार सर्केगाड गाउँपालिकामा गरिएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण हुम्लाका गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
सर्केगाड गाउँपालिकाका गरिएको एन्टिजेन परिक्षणमा गाउँपालिकाका स्वास्थ्य संयोजक सहित २ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । यो सँगै हुम्लामा सक्रिया संक्रमितको संख्या १७ पुगेको छ ।
आज (बुधबार) बिहान कोरोना संक्रमण पुष्टि हुनेमा गाउपालिकाका स्वास्थ्य संयोजक र सर्केगाड–४ सायाँका एक पुरुष भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भत्तिःफडेराले जानकारी दिए । सर्केगाडबाट तीन दिन अगाडि सिमकोट पुगेको उनिहरुलाई नमुना परिक्षण गर्दा संक्रमण पुष्टि भएको सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले जानकारी दिए । गाउँपालिकाबाट आउँदा बाटोमा सामान्य ज्वरो आउला जस्तो भएको थियो’ धामीले नेपालवोटसँग भने, सिमकोटमा आएर परिक्षण गराउन भन्दा आज बिहान संक्रमण पुष्टि भयो ।’
सुर्खेतबाट आएका गाउँपालिकाका कर्मचारीहरुबाट संक्रमण फैलिएको हुनसक्ने बताएका संयोजक धामीले सर्केगाडमा परिक्षणको दायरा बढाएको खण्डमा संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्न सक्ने अनुमान गरे ।
दुबै जनामा कोरोना पुष्टि भए पछि गाउदेखि सदरमुकामसम्म संक्रमितहरुको कक्ष्ट्रयाकमा आएकाहरुलार्य ट्रेसिङ गर्ने काम जनस्वास्थ्य कार्यालय हुम्लाले शुरु गरेको जनाएको छ । परिक्षण्को दायरालाई फराकिलो बनाउने बित्तकै जिल्लामा संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्ने भएकाले निषेधाज्ञको कडाईका साथ पालना गर्न जनस्वास्थ्य कार्यालयले सर्वसाधारणमा अपिल गरेको छ ।
‘समुदायमा संक्रमण देखिएको हुम्लाका गाउँगाउँमा पनि संक्रमितको संख्या छ भन्ने प्रमाण सर्केगाडमा पोजेटिभ देखिनुले प्रमाणीत गरेको छ’ जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख पे्रमबहादुर सिंहले भने, परिक्षणको दायारा बढाउने बित्तिकै जिल्लाका संक्रमितको संख्या पनि बढ्छ भन्ने अनुमान हामीले गरेका छौं ।’
इसअघि विभिन्न समयमा गरिएको परिक्षणमा १८९ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।