सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त तीन मन्त्री पद तथा गोपनियताको सपथ नखादैं बर्खास्तीमा परेकम छन् ।
मुख्यन्त्री महेन्द्रबहादुर शाही आफैले माओवादी केन्द्रकातर्फबाट बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै बर्खास्त गरेका हुन् ।सत्तारुढ दल माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेस बीच पदबाँडफाँडमा कुरा नमिले पछि आफैले नियुक्त गरेका मन्त्रीहरुको पद सपथ नखाँदैं खोसिएको हो ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै आज सुक्रबार दिउँसो तीन बजे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुखलाई भेटेर सपथग्रहण समारोह स्थगित गर्न र तीनैवटा मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरु फेसबुकमै बधाई खान बाध्य भएका हुन ।
मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री पदको सपथग्रहण गराउन खोजेका थिए तर मन्त्री पदमा सांसद एवम नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनु पर्ने विवाद नेकपा माओवादी भित्र चुलियो ।
मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फूटाउने निर्णय गरे । उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए ।
यस्तै, सांसद विष्टलाई ‘मन्त्रालयमा लिएर थन्काउने’ काम हुने भन्दै कार्यकर्ताबाट चर्को आलोचना भएपछि मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फूटाए । त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानून मन्त्रालय बनाउने निर्णय गरे ।