सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले कर्णाली प्रदेश सरकार आप्mनो स्वार्थ सिद्धिमा लागेको आरोप लगाएका छन् ।
प्रदेश अस्पताल कालागाउँले अक्सिजन नभएको भन्दै कोभिड बिरामी भर्ना नलिने भनेर निकालेको विज्ञप्तितर्फ इंगित गर्दै सरकार मन्त्रालय फुटाउन केन्द्रित भएको आरोप लगाएका हुन् ।
‘कोरोनाको संक्रमण विभिन्न गाउँहरुमा कोरोनाको संक्रमण फैलिएका घटना सार्वजनिक भैरहेको बताएका अध्यक्ष बोगटीले उनीहरुको स्वास्थ्य परीक्षणको अभावले के कतिलाई यो संक्रमणले असर पारिरहेको बताएका छन् ।
कर्णाली प्रदेशका कतिपय दुर्गम जिल्लाहरूका सदरमुकाममासमेत अक्सिजनको व्यवस्था हुन सकिरहेको छैन । ‘जिल्ला अस्पतालहरूमा भएका कतिपय उपकरणको प्रयोग गर्ने प्राविधिक जनशक्तिको अभाव रहेको छ ।’ अध्यक्ष बोगटीले विज्ञप्तीमा भनेका छन् , ‘यो संवेदनशील घडीमा कर्णाली प्रदेश सरकारको मातहतमा अर्थात उसको ढोका अगाडि रहेको प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालले अक्सिजनको अभावले कोभिड–१९ का बिरामीलाई भर्ना गर्न नसक्ने भनि सूचना टाँस गरेको विषय सार्वजनिक भइसकेको छ ।’
उनले महामारीले कर्णाली प्रदेशमा भयावह रुप लिइरेको बेलामा यसको रोकथाम, नियन्त्रण, उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण समेत गराएका छन् । साथै यो प्रदेशको महामारी नियन्त्रण तथा रोकथामका लागि यथाशीघ्र आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि संघीय सरकारसँग अनुरोध गरेका छन् ।
अध्यक्ष बोगटीले जारी गरेका प्रेस विज्ञप्तीको पूर्यापाठ
प्रेस–वक्तव्य
विगत केही समयदेखि नयाँ प्रकार (भेरियन्ट) सहितको कोभिड–१९ (कोरोना भाइरस) को महामारीबाट सिंगो देश आक्रान्त बन्दै गइरहेको छ । यसबाट देशका हजारौं नागरिकले अनाहकमा ज्यान गुमाइ सकेका छन् भने हजारौंको संख्यामा बिरामी परिरहेका छन् । मुतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्तगर्दै बिरामीहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दछु । महमामारीको संक्रमण कर्णाली प्रदेशका धेरैजसो गाउँबस्तिमासमेत फैलिँदै गएको सुचना प्राप्त भइरहेका छन् । कतिपय गाउँबस्तिमा त विरामीहरुको स्वास्थ्य परिक्षणको अभावले के कतिलाई यो संक्रमणले असर पारिरहेको छ भन्ने बारेमासमेत यकिन गर्न गाह्रो भइरहेको छ भन्ने खबर प्राप्त भएका छन् । यो प्रदेशका कतिपय दुर्गम जिल्लाहरुका सदरमुकाममासमेत अक्सिजनको व्यवस्था हुन सकिरहेको छैन ।
जिल्ला अस्पतालहरुमा भएका कतिपय उपकरणको प्रयोग गर्ने प्राविधिक जनशक्तिको अभाव रहेको छ । यो संवेदनशील घडीमा कर्णाली प्रदेश सरकारको मातहतमा अर्थात उसको ढोका अगाडि रहेको प्रदेश राजधानी सुर्खेत,वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालले अक्सिजनको अभावले कोभिड–१९ का बिरामीलाई भर्ना गर्ननसक्ने भनि सूचना टाँस गरेको विषय सार्वजनिक भइसकेको छ । यो प्रतिनिधिमुलक घट्नाबाट कर्णाली प्रदेश सरकार कर्णालीका नागरिकको जीवन रक्षाप्रति कति गैरजिम्मेवार छ भन्ने कुराको जीवन्त उदाहरण हो ।
त्यतिमात्र नभएर आफ्नो प्रदेशका नागरिकले सामान्य उपचार पाउननसकि अकालमा ज्यान गुमाईरहेको यो बेलामा प्रदेश सरकार बिनाआवश्यक तथा बिनाऔचित्य मनपरी ढंगले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय निर्माण गरी केही व्यक्ति विशेषका स्वार्थसिद्धि गर्ने काममा लागेको देखिन्छ । अतः महामारीले कर्णाली प्रदेशमा भयावह रुप लिइरेको बेलामा यसको रोकथाम, नियन्त्रण, उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराउँदछु। यो संकटको घडिमा आफु शुरक्षित रहदै स्थानीय नागरिकको जीवन रक्षाका लागि आ–आफ्नो ठाउँबाट सजकतापुर्वक लाग्न स्थानीय तह ,हाम्रो पार्टीका कार्यकर्ता तथा अन्य सम्बद्ध महानुभावहरुमा हार्दिक अपिल गर्दछु । साथै यो प्रदेशको महामारी नियन्त्रण तथा रोकथामका लागि यथासिघ्र आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि संघीय सरकारसँग हार्दिक अनुरोध गर्दछु ।
गोरखबहादुर बोगटी
अध्यक्ष