सिमकोट । हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित संख्या ५० पुगेको छ ।
शनिबार जिल्लाका सर्केगाड, अदानचुली र ताँजकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ८ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कूल संक्रमितको संख्या ५० पुगेको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।
‘आज (शनिबार) सर्केगाडमा ५ जनामा, अदानचुली २ र ताँजकोटमा १ जनामा संक्रमण पुष्टि भएको छ’ सूचना अधिकारी फडेराले भने, ‘जिल्लामा अब कूल संक्रमितको संख्या ५० पुगेका छन् ।’
फडेराका अनुसार सक्रिया संक्रमितको संख्या ४२ पुगेको छ । शुरुमा संक्रमण पुष्टि भएका ८ जनाले कोरोना जितेर घर फर्किएपछि सक्रिया संक्रमितको संख्या ४२ पुगेको हो ।
आज (शनिबार) सर्केगाडमा २० जनामा परिक्षण गरिएकोमा ५ जनामा, अदानचुलीका १० जनामा गरिएको परिक्षणमा २ जनामा र ताँजकोटमा १ जनामा परिक्षण गरिएकोमा १ जनामै संक्रमण पुष्टि भएको हो ।
सुक्रबाटदेखि परिक्षण शुरु गरेको अदानचुली गाउँपालिकाको वडा नम्बर १ र २ मा भएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक संयोजक हंस महताराले जानकारी दिए । ‘आज गरिएको परिक्षणमाअदानचुली गाउँपालिका– १ मा ५ जनाको परिक्षण गर्दा १८ वर्षिया एक पुरुषको र वडा नम्बर ४ मा ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ,’ संयोजक महताराले भने ।
ऋाज संक्रमित हुने दुवै जना केहि समय अघि जिल्ला बाहिरबाट आएको बताइएको छ । देशका विभिन्न जिल्लामा निषेधाज्ञ जारी भएपछि अदानचुलीमा मात्रै ४०÷५० जनाको संख्यामा ट्रक र जिप मार्फत आएको बताइएको छ ।
गएको वैशाख २० गते नेपालगञ्जबाट हवाई माध्यममा सिमकोट आएका ८ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा परिक्षणको दायरा बढाइएको थियो ।
अहिलेसम्म जिल्लाभर ३२२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५० जनालाई संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
अदानचुलीको कार्यपालिकाको बैठक भोली बस्दै
आजदेखि परिक्षण शुरु गरेको अदानचुली गाउँपालिकामा दुई जनामा संक्रमण पुष्टि भएपछि आवश्एक पूर्व तयारी गर्न गाउँकार्यपालिकाको बैठक भोली बस्ने भएको छ ।
पालिकाका अन्य वडामा समेत संक्रमितको संख्या हुन सक्ने अनुमान गरेको पालिकाले संक्रमितलाई व्यवस्थापन गर्न, हाल भैरहेको पालिका भित्रको आवतजावतलाई पूर्णरुपमा बन्द गर्न कार्यपालिकाको बैठक बस्न लागेको गाउँपालिकाका अध्यक्ष दलल फडेराले जानकारी दिए ।
‘पालिका भित्र १५ शैयाको आइसुलेशन निर्माण गर्न, आवतजावतलाई कडाईका साथ पालन गर्न र अन्य तयारीका लागि बैठकको आयोजना गरेका हौं’ गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले भनिन्, ‘संक्रमणलई थप फैलन नदिन अपनाउने तयारीका बारेमा बैठकले ठोस निर्णय लिने छ ।’