सिमकोट । हरेक दिन संक्रमितको संख्या बढेपछि निषेधाज्ञको समय आगामी जेठ १५ गतेसम्म लम्बिएको छ ।
मंगलबार बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार स्थानीय प्रशासनले जेठ १५सम्मका लागि निषेधाज्ञको समय बढाएको प्रमुख जिल्ला अधिकारी गणेश आचायएले जानकारी दिए ।
जिल्लाका अधिकांश स्थानीय तहमा संक्रमण पुष्टि भएको छ’ प्रजिअ आचार्यले भने, ‘संक्रमण नदेखिएका स्थानीय तहहरुले परिक्षणको दायरा बढाएकाले संक्रमितको संख्या बढ्ने आँकलन अनुसार हामीले निषेधाज्ञको समय जेठ १५ गतेसम्मका लागि बढाएका छौं ।’
दोस्रो चरणको कोरोना संक्रमाण बढेपछि बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुहरुको परिक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले वैशाख २२ गते एक सताका लागि राती १२ बजेदेखि लागु हुने गरेर २१ गते निषेधाज्ञ आदेश जारी गरेको थियो । कोरोना संक्रमण परिक्षणको दायरालाई जिल्लाका स्थानीय तहमा बढाएपछि संक्रमितको संख्या बढ्पछि वैशाख २८ गते दोस्रो पटक निषेधाज्ञ जारी गरिएको थियो ।
कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि हुम्लामा निषेधाज्ञको समयावधी थप बढाइएको छ । मंगलबार बसेको जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुशार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञको समय आगामी जेठ १५ गतेसम्मका लागि बढाइएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश आचार्यले जानकारी दिए ।
संक्रमणको दर नियान्त्रणमा नआएकाले आज बसेको डिसिसिएमसीको बैठकको सिफारिस अनुसार निषेधाज्ञको समय बढाइएको हो , ‘आज (मंगलबार) राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञको समय सिमा बढाइएको हो ।’ अधिकारी आचार्यले थपे ।
एनका अनुासार यस चरणमा सरकारी कार्यालयको काम, बैंक तथा बित्तिय संस्था, विकास आयोजनाका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर
चरणबद्ध रुपमा सञ्चालन गर्न दिने निर्णय भएको छ । हाल तेस्रो चरणमा पनि पूर्णरुपमा बन्द भएको बैंक तथा वित्तिय संस्थालाई बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म कर्मचारीको संख्या घटाएर अत्यावश्यक काम गर्न पाइने छ । कार्यालयबाट सञ्चालन भएका आयोजनाको काम अघि बढाउन सम्बन्धित कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेर सिमित व्यक्तिलाई सिमकोट आवत जावत गर्न पाइने व्यवस्था यस पटक गरिएको छ ।.
हवाई माध्यमबाट बाँके र सुर्खेतबाट आएका खाद्यन्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीलाई सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञमा अत्यावश्यक काम बाहेक अन्य काम गर्न नपाईने बताइएको छ ।
निषेधाज्ञको अवधीमा स्वाथ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी फोहोरमैला व्यवस्थापन, ग्याँस पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा सञ्चालनमा आउने छन् । यसैगरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध, ग्याँस आदी) का पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।