काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोरोना संक्रमणबाट प्रभावित पत्रकारलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
दोस्रो चरणको कोरोना संक्रमणले देशभरका ६ सय बढी श्रमजीवित पत्रकार प्रभावित भएको अवस्थामा भर्चुअल माध्यमबाट आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘कोरोना संक्रमणको विषम परिस्थितीमा देशभरका श्रमजिवि पत्रकारहरुले आप्mनो ज्यान जोखिममा राखेर सूचना प्रवाह गर्ने काम गरिरहेको योगदानलाई कदर गर्दै त्यस्ता पत्रकारलाई राहतको कार्यक्रम सार्वजनिक गर्न समितिले सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ’, निर्णयका बारेमा जनाकारी दिदैं समितिका अध्यक्ष राजेन्द्र अर्यालले भने, ‘संक्रमित पत्रकारलाई निशुल्क उपचारको व्यवस्था मिलाउन र संक्रमणबाट ज्यान गुमाएका पत्रकारका परिवारलाई राहत दिन समितिको बैठकले सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।’
कोभिड–१९ को संक्रमणको बहाना बनाएर देशभरका विभिन्न सञ्चार गृहले पत्रकारलाई कामबाट निकाल्ने, बेतलवी बिदामा बस्न पत्रकारलाई दवाल दिने र काम गरिहेको कार्यक्षत्रेबाट अपायक पर्ने स्थानमा शरुवा गर्ने जस्ता कार्यप्रति समितिले गम्भिर आप्पत्ति जनाएको छ । मानविय संवेदनसिल घडीमा श्रमजीवि पत्रकारलाई कुनैपनि बहानामा कामबाट निकाल्ने, विदामा बस्न दवाव दिने र सरुवा गर्ने जस्ता कार्य नगर्न नगराउने सम्बद्ध सबै पक्षलाई समितिले आग्रह गर्ने निर्णय गरेको अध्यक्ष अर्यालले जानकारी दिए । हरेक दिन विभिन्न सञ्चार गृहले श्रमजीवि पत्रकारको रोजिरोटी खोस्ने जस्ता कार्य भएपछि अहिले समितिमा उजुरी आउने क्रम बढिरहेको उल्लेख गर्दै समितिले त्यस्ता कामको विरुद्ध र श्रमजीविको पक्षमा उभिज सरोकारवाला सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सूचना तथा प्रसारण विभाग, नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकाससँगको समन्वयमा कोरोना भाइरसबाट प्रभावित भएका पत्रकारहरुको तत्थ्यांक अद्यावधी गर्दै त्यस्ता प्रभावित पत्रकारहरुलाई तत्काल सहयोग गर्ने संयन्त्र निर्माणका लागि समितिलेस सम्बद्ध सरोकारवाला निकायसँग अपिल गरेको छ ।
दोस्रो चरणको कोरोना भाइरस निकै संक्रमण र घातक भएको भन्दै बैठकले फ्रन्टलाइनमा रहेर सूचना संप्रेषणको काममा लाग्ने देशभरका सबै श्रमजीवि पत्रकारलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्षेत्रमा खट्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।
समितिको बैठक न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा बसेको थियो ।