सिमकोट । हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ ।
बिहिबार आज सर्केगाड र चंखेली गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा २१ जनामा संक्रमण पुष्टि भएपछि जिल्लाभर कूल संक्रमितको संख्या ९८ पुगेको हो ।
जिल्लाका सातवटै स्थानीय तहले परिक्षणको दायरालाई केहि फराकिलो बनाएपछि जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
‘आज चंखेली गाउँपालिका–२ र ६ का ८९ जनामा गरिएको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।’ फडेराले भने, ‘सर्केगाड गाउँपालिकामा ८ जनामा गरिएको परिक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको हो ।’
गएको वैशाख १८ गतेयता जिल्लाका सातवटै गाउँपालिकामा ६ सय ३६ जनामा एन्टिजेन विधिबाट कोरोनाा परीक्षण गर्दा ९८ जनामा संmत्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ पुगेको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेका गाउँपालिकाले परीक्षणको दायरालाई बढाएसँगै संक्रमितको संख्यामा बृद्धि हुँदै गएको जिनस्वास्थ्य कार्यालयमा सूचना अधिकारी फडेराले बताए ।
भर्खरै परिक्षणको दायरा बढाएको चंखेलीको वडा नम्बर २ र ६ मा बुधबार ८९ जनालाई कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक नर प्रसाद चौलागाईले जानकारी दिए । यो सँगै चंखेलीमा सक्रिय संक्रमितको संख्या २५ पुगेको छ । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको ताँजाकोट गाउँपालिकामा भएका २९ जना संक्रमित मध्ये चार जना निको भएर आज घर फिर्ता भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए । यो सँगै ताँजकोटमा सक्रिया संक्रमितको संख्या २५ रहेको छ ।
अदानचुली गाउँपालिकामा सात जना सक्रिय संक्रमित रहेका छन् । भने सर्केगाड गाउँपालिकामा १६ जना संक्रमित रहेको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
सिमकोटमा रहेको रानिवनमा एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा आज १६ जनामा परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले बताए । बिहिबार गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी गरी १६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा संक्रमण नदेखिएको संयोजक बोहराले जानकारी दिए ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले बुधबारदेखि वडास्तरमा कोरोना परीक्षणको दायरालाई बढाएको बताइएको छ ।