मुगु । कोरेना संक्रमितको संख्या बढेर गाउँपालिकामा भएका स्वास्थ्यकर्मी नपुग्ने भएपछि मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी माग गरेको छ ।
चार वटा स्थानीय तह भएको मुगुमा कोरोना संक्रमणलाई थप फैलन नदिन करारमा स्वास्थ्यकर्मी मागेको हो ।
कोरोना संक्रमणलाई थप फैलन नदिन र गाउँगाउँमा परिक्षणको दायरा बढाउन गाउँपालिकाले विभिन्न पदमा रित्त रहेका स्वास्थ्यकर्मीहरुको लागि दरखास्त आब्हान गरेको हो ।
कोरानासँग जुध्न गाउपालिकाले सञ्चालन गरेको १० शैयाको कोभिड अस्थाई अस्पताल र पालिकाका विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि करार सेवाबाट पदपुर्ति गर्ने गरेर करार दरबन्दिमा स्वास्थ्यकर्मी नियुक्त गर्न प्रक्रिया थालेको हो । रिक्त दरबन्दिमा योग्यता पुगेका नेपाली नागरिकहरुले शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि सहित दरखास्त आब्हान गरिएको मुगुम कार्मारोग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थबहादुर कठायतले बताए ।
उनका अनुसार पालिकाले रित्त रहेका ६ वटा तहमा दरखास्तको लागि आब्हान गरिएको छ जसमा मेडिकल अधिकृत–१, हेल्थ असिस्टेन्ट–१, स्टाप नर्स–१ , अ.हे.व–२, अनमि–२ र ल्याव असिस्टेन्ट–१ जना गरि जम्मा ८ जनाको लागि करारमा सेवामा स्वास्थ्यकर्मीको लागि दरखास्त गरिएको कठायतको भनाई छ । परिक्षाको किसिम गाउपालिकाको करार सेवा कार्यविधि २०७५ बमोजिम अन्तवार्ता हुनेछ ।
दरखास्त दिने अन्तिम मिति जेष्ठ १० गते भित्र दिई सक्नु पर्नेछ । साथै दरखास्त फारम गाउपालिकाको वयभ साईट बाट डाउलोड गरि र्गा सकिने पनि ब्यवस्था मिलाईएको गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी दिए । दरखास्त १८ वर्ष परा भई सो भन्दा माथिका नागरिकले दिन पाउने छन भने गाउपालिकाको शाखामा रहेको खाता नम्बर ४५५०१००३०१०१०००३ मा जम्मा गरि सक्कल भौचर पनि पेश गर्नु पर्नेछ ।
गएको जेठ ४ गते पालिका खवरमा कार्मारोङ गाउँपालिकामा डाक्टर विहिन भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो । सोही समाचार लाई आत्म साथ गर्दे गाउपालिकाले एक सुचना जारी गर्दे स्वास्थ्यकर्मी करार सेवामा कर्मचारीको लागि भर्ना आब्हान गरिएको जनाईएको छ ।
गत वर्ष २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगिको भरमा अस्थाई कोभिड अस्पताल सञ्चालनमा रहेको थियो भने अस्पताल पनि सञ्चालनमा आउन सकेको थिएन । अहिले सो गाउपालिकामा ४ जना लाई कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिकावोटिले बताए ।