सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएको नेपाली कांग्रेस पनि प्रदेश सरकारमा सहभागि हुने भएको छ ।
मन्त्रालयको भागबन्दा नमिलेपछि केही सातायता सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रस बीच सहमती भएपछि कांग्रेस दुई मन्त्रालय सहित प्रदेश सरकारमा सहभागि हुने भएको हो ।
प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको नेपाली काँग्रेस दुई महिनापछि सरकारमा सहभागि हुन लागेको हो ।
सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेस पार्टी भित्रै काँग्रेसलाई सरकारमा सहभागि हुन दवाव आएपछि शिक्षा, स्वास्थ्य, सहित सबैभन्दा बढी जनसम्पर्क भएको सामाजिक विकास मन्त्रालय सहितका दुई मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागि हुने भएको हो ।
‘सरकारको भागबण्डा र सरकारमा को सहभागि हुने ? भन्ने बारेमा काँग्रेस भित्रको आन्तरिक विवादले सरकारमा सहभागि हुन केही समय ढिलाई भएको हो’, कांग्रेस संसदिय दलका नेता जीवनबहादुर शाही निकट सेतले भन्यो, ‘अहिले पार्टीको भागमा परेका दुई मन्त्रालयमा दुई नेता पठाउने लगभग सहमती भएपछि पार्टीले यही सातामै प्रदेश सरकारमा सहभागिता जनाउने भएको हो ।’
पार्टीको भागमा पर्ने मन्त्री पदमा दैलेखका हिमबहादुर शाहीले पनि कडा दाबी राखेका कारण मन्त्री पठाउन विलम्ब भएको का(ग््रेस स्रोतले जनाएको छ ।
पार्टी भित्रको विवादलाई समाधान गर्नकै लागि पनि शुरु देखिनै कांग्रेसले दुई मन्त्रालय मागेकै बेला मुख्यमन्त्री शाहीले गएको साता आप्mनो पार्टीका तीनजना मन्त्री नियुत्तः गरेपछि असन्तुष्ष्ट जनाएको थियो । नियुक्त गरेर सपथ खुवाउने समयमा आप्mनो निर्णयबाट मुख्यमन्त्री शाही पछि हटेर कांग्रेसलाई दुई मन्त्रालय दिन राजी भएपछि यही सातामा कांग्रेस सरकारमा सहभागि हुने भएको हो । कांग्रेससँगको सत्ता साझेदारीलाई मिलाउजनकै लागि मन्त्रालय फुटाएका मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रमालय र जलस्रोत तथा उर्जा मन्त्रालय कांग्रेसलाई दिन तयार भएका हुन् ।
मुख्यमन्त्री शाहीसँग सत्ता साझेदारीमा सहमत जनाएको कांग्रेस सामाजिक विकास मन्त्रालयमा दैलेखका यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा मन्त्रालयमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने आन्तरिक तयारी गरेको छ । नेपाली काँग्रेसले माओवादी सरकारलाई जोगाउन वैशाख तीन गते विश्वासको मत दिएको थियो । त्यो समयमा माओवादीसँग सामाजिक विकास मन्त्रालय लिने र त्यसबाहेक ६ महिनापछि संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए ।
शुरुमा सामाजिक विकास मन्त्रालय लिन तयार भएको कांग्रेस भित्र दैलेखका शाहीले आप्mनो दावी नछोडेको र उनी वरिष्ठ नेता रामचन्द्र पौड्ल समर्थक भएपछि कांग्रेस भित्र सरकारमा पठाउने विषय विवादित बनेको थियो यता मुख्यमन्त्री शाहीको पार्टी माओवादी केन्द्रमा समेत मन्त्रीका आकांक्षी धेरे भएपछि सत्ता साझेदार भएपनि आफूसँग परामर्श नगरेरै मन्त्रालय फटाएर आठ पु¥याएको विषयलाई बार्गेनिङ विन्दु बनाएको कांग्रेसले आफूलाई दुइ मन्त्रालयको दावी गर्दै आएको थियो ।
अन्तत मुख्यमन्त्री शाहीले कांग्रेस शाहीले कांग्रेसलाई दुई मन्त्रालय दिन सहमत भएपछि कांग्रेस भित्रको विवाद मिलाउन सहज भएपछि कांग्रेस सरकारमा सहभागि हुने भएको हो ।
काँग्रेसको अडानका कारण माओवादी केन्द्रले मन्त्री नियुक्त भइसकेका तर सपथ खान बाँकी विन्दमान विष्टलाई रोकेको थियो । पछिल्लो समयमा काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा ऊर्जा मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सहमति भइसकेको छ ।
६ सदस्यीय काँग्रेस संसदीय दलमा भएको यो सहमतिले अबको एक साता भित्रै ती दुवै मन्त्रीले सपथ लिने भएका छन् । तर काँग्रेसले मुख्यमन्त्री शाहीलाई मन्त्रीहरुको कार्यविभाजन चित्त बुझ्दो नभएको भन्दै हेरफेर गर्न सुझाव दिइसकेको स्रोतको दाबी छ ।
यता, संसदीय दलका नेता शाहीले मन्त्री को बन्ने बारेमा टुंगो लागिसकेको बताए । उनले जनताको चाहना, आवश्यकता बमोजिम आफूहरु सरकारमा सहभागि हुन लागेको बताएपनि कुन दिन जाने भन्ने टुंगो नलागेको बताए ।
‘मन्त्रालयको कार्य विभाजनमा थोरै समस्या देखिएको छ । त्यो समस्या समाधान हुने वित्तिकै आम जनताको माग बमोजिम काँग्रेस सरकारमा जान्छ’ उनी भन्छन्, ‘बाहिर आएजस्तो गुटको लडाईका कारण मन्त्री छान्न सकस भएको होइन ।’