सिमकोट । गाउँगाउँमा संक्रमण फैलिएको हुम्लामा कोरोना भाइरसबाट संक्रमित हुने को संख्या एक सय ११ पुगेको छ ।
तिब्र रुपमा फैलिदै गएको नयाँ भेरियन्टको कोरोना संक्रमणबाट जिल्लाका छ गाउँपालिकामा भएको कूल संक्रमितको संख्या १११ पुगेको हो ।
आइतबार जिल्लाका विभिन्न गाउँपालिकामा गरिएको एन्टिजेन विधिबाट गरिएको कोरोना परिक्षणबाट थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
जिल्ला अस्पताल हुम्लामा २१ जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण भएको सूचना अधिारी फडेराले जानकारी दिए । खार्पुनाथ गाउँपालिकामा शनिबार र आइतबार १५ जनामा गरिएको परिक्षणमा ५ जनालाई संक्रमण पुष्टि भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।
जिल्लाको सबैभन्दा बढि संक्रमत रहेको ताँजकोट गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । दुई जनालाई कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको संयोजक स्यांकुले नेपालवोटलाई जानकारी दिए ।
यस्तै जिल्लाको मध्ये क्षेत्रको सर्केगाड गाउँपालिकामा २ जना र अदानचुली गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको बताइएको छ । अहिले जिल्लामा ८२ जना सक्रियसंक्रमित रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
२९ जनाले कोरोना जिते
संक्रमणको दर तिब्र रुपमा फैलिएको हुम्लामा कोरोना जितेर घर फर्किनेको संख्या २९ पुगेको छ । विभिन्न स्थानमा भएका संस्थागत आइसुलेसन र होम आइसुलेशनमा रहको २९ जना संक्रमितले कोरोना जितेर घर फर्केको जनस्वास्थ्उ कार्यालउका सूचना अधिकारी फडेराले जानकारी दिए ।
जिल्लामा कोरोना जित्नेकोसंख्यापनि उल्लेख्य छ’ फठेराले भने, ‘१८ जना संक्रमितले सिमकोटको रानीविन आइसुलेशन सेन्टरबाट कोरोना जितेका छन् भने ताँजकोटका विभिन्न स्थानमा भएको आइसुलेसनबाट ११ जनाले कोरोना जितेपछि कूल कोरोना जित्नेको संख्या २९ जना पुगेका छ ।’
संक्रमित मध्ये एकजना पुरुषका्े अक्सीजनको मात्रा कम भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ, भने जिल्लामा संक्रिय संक्रमितको संख्या ८२ जना रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।