आज भन्दा झण्डै १४–१५ वर्ष अघि तिरको कुरा हो । म, दाइ, भाउजू, फुपु र काकाकी छोरी बनेपा ओर्लियौ । दाईको काम पर्यो भनेर फिल्म नहेरिकन घर नफर्किन भने । दिदिले खाजा खादैनौ बरु फिल्म हेर्छु भन्नु भयो । मैले पनि यो भन्दा अगाडी हलमा फिल्म हेरेको थिइन । दिदि र म मिलेर फिल्म हेर्यौ । पहिलो पटक पर्दामा फिल्म हेर्दा निकै डर लाग्यो । मैले जीवनमा पहिलो पटक ‘आवाज’ नामक नेपाली चलचित्र हेरे । मान्छे पनि पर्दामा ठूलो देख्दा दिदीलाई डरले कतिपटक चिच्याउदै अँङगाले । फिल्म हेरिसकेपछी बनेपाबाट गाडीमा धुलिखेल ओर्लियौ ।
बाटोमा जाँदै गर्दा मैले दिदिलाई सोधे, हामी कहाँ जान लागेको होर दिदी ? दिदिले पाँचखालतिर अर्को दिदिको घर देखाउँदै, ‘उ त्यहाँ कटहर पाइन्छ, दिदीको घर गएर फर्किउ’ भनेर भन्नू भयो । मैले घर फर्किनु पर्छ भ्याए भने जाउ न भने । दिदी र सङ्गै हात समाउदै हिड्दै गयौं । पाँचखाल पुग्दा झमक्क साँझ परिसकेको थियो । पाँचखालको जङगलमा हिड्दै गर्दा हाम्रो पछि पछि एक जना जोगि आइरहेका थिए । त्यसपछी हामी डरले जङगल पस्यौ । हामी डरले चुपचाप बसिरहेका थियौ । हामीलाई दोहोरो चिन्ता थियो, एक त झमक्क साँझ पर्न लागेको, अर्को तिर जोगिको डर । एकछिन पछि हामी बिस्तारै जङगलबाट मूल बाटोमा निस्क्यौं । जोगि छन कि भनेर अगाडी पछाडी हेर्यौ तर कतै देखेनौ । म डरले काप्दै दिदिको हात समाएर दौडिरहेको थिए । डरै डरमा एक जना मान्छेसँग भेट भयो । जोगिपछि बल्ल मान्छे भेट्यौ भनेर ढुक्क भएर दिदीले सोध्नु भयो, ‘दाई यो बाटो कता पुगिन्छ ?’
उनले जवाफ नै नदिईकन हामीलाई लट्ठी उचालेर पिट्नै लाग्दा हामी भाग्यौ । पछि मात्रै थाहा पायौ उनले रक्सी पिएका रहेछन । हामी दौडिएर जाँदै गर्दा एउटा सानो टहरा पसल देख्यौ । एक अधबैंसे महिलाको पसल रहेछ । हामी त्यही बस्यौ । उनले हामीलाई कहाँबाट आएकी नानीहरु भनेर सोधपुछ गरिरहेकी थिइन । हामी ढुक्कका साथ ती महिलासँग कुरा गरिरहेकै बेला त्यहाँपनि जड्याहा आइपुग्यो । हामीलाई ठूलो स्वरले कराउन थाले । ती अधबैंसे महिलाले ती जड्याहालाई हाम्रो कुरा सुनाउँदै थिए । सबै कुरा सुनेपछी ती जड्याहाले हामीलाई गाडी चडाएर कुन्तामा ओर्लाउन भनेर गाडी सहचालकलाई भने ।
भाडा नपुगेर गाडिबाट झार्दा
हामीले बसेको पहसमै गएर अधबैसे जँड्याहाले भने अनुसार गाडीको सहचालकले हामीलाई गाडिमा बस्न दिए । उक्त गाडीको खलासी दुई जना थिए । अन्य यात्रुले खचाखच गाडीमा हामी दुई दिदिभाई थपियौं । सहचालकले निर्देशन गरेकै सिटमा गएर हामी बस्यौं ।
गाडी केही परसम्म गुडेको के मात्रै थियो सहचालकल भाडा उठाउन शुरु ग¥यो । दिदिसँग १५ रुपैयाँ मात्रै रहेछ । भाडा २५–२५ रुपैयाँ रहेछ । चाहिने ५० रुपैयाँ तर दिदीसँग १५ रुपैयाँ भन्दा थिएन । दिदिको हात समातेर गएको मसँग झन पैसा हुने कुनै भएन । तर दिदीले बनेपामा हुँदा चाहिदो पैसा छ भनेर भन्नू भएको थियो । सहचालकले पैसा उठाउदै आएपछी हामीसँग यति मात्रै छ भनेर भन्यौ । दिएको पैसाले गाडी चडिसक्यो भनेर हामीलाई गाडिबाट झार्यौ । गाडी भित्रका सबै यात्रुहरुले हामीलाई निकै चाखपुर्वक हेरिरहेका थिए । त्यो देखेर म भित्रभित्रै लाजले भुतुक्क भए“ ।
गाडिमा बाहुन र तामाङ दुई जना खलासी रहेछन । बाहुन खलासीले भाडा नपुगेको भन्दै गाडिबाट ओर्लाएका हामीलाई तामाङ खलासी दाईले तिमीहरु हराउँछन भनेर फेरि गाडिमा बस्न भने । हामी त्यही गाडिमा चढ्यौ । केहिबेरमा हामी कुन्ताबेसिमा ओर्लियौ । झमक्क साँझ परिसकेको थियो । ठूलो पानी परिरहेको थियो । पानिमा भिज्दै बल्ल तल्ल दिदीको घर पुग्यौ ।
छक्क पर्दै दिदीको जिज्ञासा थियो, ‘तिमीहरु आएछौ नि, कसरी आइपुग्यौ यति राती ?’
हामी हाँसेर दिदीले सोध्नु भएको प्रश्नको जवाफलाई टार्यौ । त्यो दिन हामी खाना खाएर सुत्यौ । भोलिपल्ट हामीले भन्यौ आमा बिरामी हुनुहुन्छ त्यही भएर तपाईलाई लिन आएका भन्यौ । हामीले दिदीलाई आमा बिरामी हुनुहुन्छ भनेर झुट बोल्न बाध्य भयां । बल्लतल्ल दिदीको घर पुगेका हामीलाई फर्किन निकै समस्या थियो । दिदीको साथ चाहिएकोले हामीले झुट बोल्यौ । ३ दिनको बसाईपछी हामी घर फर्कियौ । फेरी हामी उही पुरानै बाटोबाट हामी धुलिखेल झर्यौ । घर जान धुलिखेलबाट भकुण्डेको गाडी चड्नु पर्ने भएपछि त्यसै ग¥यौ । दाई त्यहीँ गाडिको अन्तिम सिट्मा हुनुहँुदो रहेछ । गाडिबाट ओर्लिदा खेरी मात्रै थाहा भयो । दाइ हामी सँगै आउनु भएको रहेछ ।
हामीलाई देखेपछि रिसले चुर भएका दाईले गालामा चड्कन लगाउनु भयो । अचानक गालामा चड्कन लागेपछि के भैरहेको छ भन्नेबारेमा मलाई केही पनि थाहा भएन । घरमा पनि दिदी, दाजु, भाउजूसबै जना रिसाएर बम हुनु भएको रहेछ ।
दाइले तिमिहरु कहाँ गएर आएको भनेर सोध्नुभाये । दिदिको घरमा गएर आको नि भने । घर नजिकै पुग्नै लागेको थियो । बुबा आमा मात्रै खुशी देखे । अरु सबैजना रिसाएर लठ्ठी लिएर बसिरहनु भएको रहेछ । एक पटक मैले नि खाएँ ।
कलिकता मात्रै के लिएको थिएँ मेरो कानमा टुइया आवाज बज्यो । म रन्थनिएँ । कस्ले पिट्यो थाहा नै भएन । त्यति नै खेर ठूलो आवाज आयो, ‘घरमा मात्रै पुग्न, बाँकी भेट्लास !’ त्यो आवाज मेरो दाईको रहेछ । त्यो सुनेपछि दिदिकोबाट ल्याएको कटहर आँगनमा फालेर दिदी र म टाप कस्यौं । बुबा आमाले बल्लबल्ल आएको बच्चाहरुलाई किन कुटेको भन्दै दाइलाई गाली गर्नुभयो । दाईले गाली गरेको गाली सुनेर घरमा सबै जना रिसाए । अखिर आमाको मन न हो । हामी भएको तिर आएर आमाले मलाई फकाइफुल्याई गरेर खाना खान बोलाउनु भयो ।
आमाको आग्रह पछि म घरअघिको बारीको डिलबाट बिस्तारै ओर्लिए घरमा खना खान बसें । अघि खाना दिएर आमाले भन्नु भयो, ‘तिमिहरु कहाँ गएको ? दिदिको घर गएर पनि आयौ । मलाई कस्को चिन्ता लाग्यो ।’ आमासँगै कुरा गरेको सुनेर रिसले चुर भएका दाजु बाहिर कराउँदै हुनुहुन्थ्यो, ‘म आज नमारी छाड्दिन ।’ आमाले दुई जना कसैलाई थाहा नदिई बाहिर यसरी जानुहुन्न भनेर सम्झाउनु भयो ।
हराएको सूचना रेडियोमा प्रसारण
हामी दिदिको घरमा गएपछि लगातार तीन दिनसम्म हाम्रो धुरुन्धार खोजी भएछ । गाउँमा सबै हाम्रा दौतरीहरुलाई सोध्ने र आफन्तकोमा खबर गर्ने काम घरबाट भएछ । खेजिमा कुनै संकेत नपाएपछि आत्तिएर गाउँ नजिकै भएको मै रेडियोमा समेत मानिस हराएको सूचना दिन समेत भ्याउनु भएछ । त्ये म झसङ्ग भए । यतिसम्म कि घर परिवार सबै जना कहाँ गयो होला भन्ने तनावमा र सोचमग्न रहेछन । मेरै बारेमा घरमा गरेका कुरालाई मैले चुप लागेर सुनिरहें । मनमा लाग्यो मैले गर्दा परिवारले यति धेरै दुःख भयो । फूपू (आङी), दाजु–भाउजुले गर्दा हामी हराएको हो भनेर बुबा आमाले भन्नु भएछ । हाम्रो बारेमा कुनै जानकारी नपाएपछि अन्ततः हामीलाई खोज्न कानूनी उपाय अपनाउनेसम्मको तयारी घरमा भएछ । ख्यालख्यालैमा दिदीको घरमा गएका हामीहरुकै कारण घर परिवारमा यतिसम्म भयो होला भन्ने कत्तिपनि सोचेकै थिएनौं । केही समय त दाईले थाहा नदिई सुटुक्क भाग्छ भनेर कतै एक्लै जान दिनु भएन । त्यो समयमा मैले परिवारको महत्व बुझें ।
जीवनमा गल्तीहरु बाध्यताका कारणले पनि हुँदा रहेछन् । जुन कुरा यस घटनाले मलाई निकै ठूmmलो अनुभव भयो । मैले आफैलाई बुझें । गल्ती गर्नु राम्रो हो, गल्तीबाट पाठ सिक्नु झन राम्रो हो तर त्यही गल्तीलाई दोहोर्याउनु महामुर्खता हो भने जस्तै ती गल्तिहरुलाई स्विकार्दै मैले ती गल्तिहरुलाई नदोहो¥याउने आफैले प्रण गरें । त्यसपछि आजको दिनसम्म मैले कुनैपनि काममा कसैलाई त्यसरी खबरै नगरेर जाने गरेकी छैन् । मेरो वाल्यकालको अनुभावलाई लिएर थुप्रै वालवालिकालाई भन्ने पनि गरेकी छु ।
(यो वाल्यकालको भोगाईकाभ्रेको नमोबुद्ध नगरपालिका–१ मा जन्मिएकी गायिका सुस्मिता स्याङ्तान सँग गरिएको कुराकानीमा आधारित हो ।)