सिमकोट । आइतबार साँझदेखि हराएका सिमकोट गाउँपालिका–२ का ४५ वर्षिय रुन बोहरा मृत अस्थामा भेटिएका छन् ।
अचानक हराएपछि सोमबार दिनभर छिमेकी गाउँ, ताक्ला, दोजाम, कुम्लिक लगायतका गाउँमा खोजतलास गर्दा कतै नभएको जानकारी आएपछि घरपरिवार घरफर्के लगत्तै मंगलबार सँझ मृत अवस्थामा भेटिएका हुन् । अचानक बेपत्ता भएका बोहरा कतै नभेटिएपछि ताक्ला गाउँका देवताले संकेत गरेको स्थानमा उनि मृत अवस्थामा फेला परेको उनका आफन्त सिमकोट–२ का अर्जुन बोहराले जानकारी
खार्पुनाथ–५ को ताक्लाका देवताले हराएका बोहरलाई तारा ढुङ्गाको खोला आसपास क्षेत्रमा रहेको बताएपछि सोमबार रातीदेखि उक्त क्षेत्रमा खोजतलास गर्दा उनि मृत अवस्थामा भेटिएको बोहराल जानकारी दिए ।
‘उनी हराएपछि हामीले आइतबार, सोमबार दिनभर खोजिकार्य तिब्र रुपमा ग¥यौ तर कोही कसैले पनि हराएका बोहराको बारेमा जानकारी पाएनौं’ उनले भने, ‘हामीले गरेको खोजिकार्य गर्दा नभेटेपछि सामेबार राती आठ बजे देहे–१ मा भएको दोजाम प्रहरीलाई खोजि कार्यका लागि खबर गरेका थियौं त्यसपछि दोजाम प्रहरी र स्थानीय मिलेर राता ढुङ्गा क्षेत्रको आसपासमा खोजतलास गर्दा राती १२ बजेको समयमा एक हजार मिटर तल खसेर मृत अवस्थामा भेटिए ।’
१६ गते विहान गाउँबाट नजिक एक घण्टाको पैदल क्षेत्रमा रहेको ग्याग्रुकको जिगामुल भन्ने स्थानमा गाईवस्तु गोठालो गएर साँझ घर फिर्ता हुँदा उनि अचानक हराएका थिए । खराब मौशममा कारण उनि बाटोबाट लडेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । लास भएको स्थान र लासको प्रकृती हेर्दा बोहरा गाउँ नजिकै रहेको राता ढुङ्गा भन्ने क्षेत्रमा १६ गते साँझ ६÷७ बजेको समयमा लडेर मृत्युभएको हुनसक्ने अनुमान गरीएको छ ।
उनको लास सिमकोट दोजाम सकड खण्डको ट्रयाक खोलिएको सडकबाट हजार मिटर तल रहेको बताइएको छ ।