सिमकोट । कोरोना कहरमा लड्न अमेरिकाको ओल्मो लिङ बोन सेन्टर एण्ड इन्स्टिच्युट संस्थाले जिल्ला अस्पताल हुम्लालाई २० लाखको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
जिल्ला अस्पतालमा कोरोना संक्रमितलाई प्रभावकारी उपचारको प्रबन्ध गर्न अमेरिकामा बस्दै आएको हुम्लाको सिमकोट गाउँपालिका–३ तोर्पाका टेम्पाडुक्ती लामा आवद्ध भएको उक्त संस्थाले रु. २० लाखको स्वास्थ्य सामागी्र सहयोग गरेको जिल्ला अस्पतालका डा. टसी लामाले जानकारी दिए ।
उनका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्टाफनर्स केसाङ लामाले कोभिड स्वास्थ्य सामाग्री पठाउन अमेरिका स्थित लामालाई आग्रह गरेपछि सहयोग स्वरुप उत्तः स्वास्थ्य सामाग्री प्राप्त भएको हो ।
आवश्यक स्वास्थ्य सामाग्रीको अभावमा जिल्ला अस्पतलामा बिरामीलाई उपचार गर्न गाह्रो भैरहेको बेला प्राप्त सामाग्रीले धेरै सहज पुग्ने जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट जिल्लाका प्राय गाउँ प्रभावित भएको बेला अमेरिकाबाट प्राप्त स्वास्थ्य सामाग्रीले जिल्ला अस्पतालले व्यवस्थापन गरेको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसुलेसनलाई व्यवस्थित बनाउने काम भएको बताइएको छ ।
अमेरिकाबाट प्राप्त १६ प्रकारका कोभिड स्वास्थ्य सामाग्री उपकरण जिल्ला अस्पतालका नर्स केसाङ लामाले जिल्ला अस्पतालका डा. टासी आङजुक लामालाई हस्तान्तरण गरेकी छन् ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा अक्सिजन, कन्सन्ट्रेटर, मोनिटर, एचडिउ बेड, एचएफ एनपि सेट , (ज्ँल्ऋ) र आईशोलेसनमा राखिएका संक्रमितहरुका लागी चाहिने अतिआवश्यक सहित महत्वपूर्ण कोभिड सामाग्री सहयोग पाएको जिल्ला अस्पतालका डाक्टर लामाले जानकारी दिए ।
सामग्री हस्तान्तरण गर्दै नर्स लामाले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्नेमा जोड दिइन् ।
स्वास्थ्य संस्थामा आवश्यक सामग्री आफुलेअमेरिकामा रहेकी लामालाई सहयोगको माग गरेको र सोही अनुसार आपुर्तिभएको बताईन । अब कोभिड लगायत अन्य सेवामा गुणस्तर बढाउन स्वास्थ्य संस्थालाई थप सहज भएको छ ।