सिमकोट । चीनसँग सिमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ ।
हिल्साको नौमुलेमा रहेको मुहानमा माथिबाट आएको पहिरोले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ ।
शुक्रवार बेलुका खानेपानीको मुहान रहेको नौमुलेमा माथिबाट आएको पहिरोले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी सण्डुप लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइप लाइन बगाउँदा पानीको समस्या भएको लामाले बताए । माथिबाटै धलिो पानी बगेर आएको हुनाले आकाशबाट आएर टिनबाट तैरिएको पानी थापेर खानुपर्ने अवस्था रहेको लामाले जानकारी दिए ।
खोलाको वहाव बढेको, पानी लिन जानलाई समस्या, पुरै खोला धमिलो आईरहेको छ र शुक्रबार देखि अहिले सम्म धमिलो पानी आउन नरोकिएको लामाले बताए । पहिरो रोकिएपनि धमिलो पानी अmभै नरोकिएको उनले जानकारी दिए ।
पाइप लाइन बगाएर पछि हिल्साका नब्बे घरधुरीलाई खानेपानीको समस्या भएको छ । अहिलेसम्म ट्याङ्की भएका घरमा जम्मा रहेको पानीले चले पनि ट्याङ्की नभएका घरलाई भने समस्या सुरु भएको छ ।
यता सिमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरि रहेको र दुई दिनपछि समस्या हुने देखिएको छ ।
बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएको कारण पिउन योग्य नरहेको उहाँले बताउनुभयो । पहिरोले खानेपानीका पाईप लाइनका साथै बीस मिटर भन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । पहिरोको लेदो धेरै भएको कारण तत्तकाल त्यसलाई मर्मत गर्न सकिने अबस्था नरहेको सुरक्षा चौकीले जनाएको छ ।
हाल हिल्सामा २२ जना सर्वसाधारण र १५ जनासिमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिरोवाट भएको क्षेतीको बिबरण भने आएको छैन ।२०७० सालको साउन महिनामा सोही स्थानमा पहिरो आउदा चार जनाको मानवीय क्षेती भएको थियो भने घरहरु बगाएको थियो ।