सिमकोट । पेटभित्रका शिशुको मृत्यु भएपछि आमाकोहेलिकोप्टरबाट हवाई उद्धार गरिएको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर ६ निवासी एक जना महिलाको प्रशव व्यथा लागेको हप्तादिन वितेको भएपनि समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्युभएपछि आइतबार आमाको उद्धार गरीएको छ ।
२७ वर्षिय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार हुन नसक्दा दुई अगाडी बच्चाको पेट भित्रै मृत्युभएपछि आमाको आज उद्धार भएको हो ।
जिल्लामा लगातार वर्षा हुँदा हवाई उडान हुन नसकेको भएपनि उद्धारको लागी हेलिकोप्टर तयारी अवस्थामा रहेको हुँदा पनि खराब मौसमका कारण उडान हुन नसक्दा थप समस्या निम्तीएको थियो । बच्चाको पेटभित्र मृत्यु हुँदा आमाको ज्यानलाई थप जोखिम बढेकाले आज मौसममा अलिक सुधार आउँदा उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।
अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था भएपछि आज उद्धार भएको हो । २७ वषर्यि रोकायालाई व्यथा लागेको भएपनि पेटमै बच्चाको मृत्युभएको हो ।
पेटमै बच्चाको मृत्युभएपनि स्वास्थयकर्मीले आमाको ज्यानलाई थप जोखिम बढेको भन्दै वर्षाको समयमा पनि आज उद्धार भएर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताउनुभयो । अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको थियो ।
सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौं दिनसम्म पनि उद्धार हुन सकेको थिएन भने आज उद्धार गरीएको हो । अस्पतालको सिफारिस आएर राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्य गरेर हेलिकप्टरको व्यवस्था भएपछि उद्धार भएको हो ।