सिमकोट । माटोको ढिस्कोमा पुरिएर दुवै खुटट भाँच्चिएका सिमकोट–७ डाँडाफयाका बालक युद्ध शाहीको उपचारमा चीनमा रहेका हुम्लाका नागरिकले आर्थिक सहयोग प्रदान गरेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका बालक शाहीलाई चीनमा रहेका हुम्लाका नागरिकले ८१ हजार ७ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
उपचारका लागी आर्थिक अवस्था कम्जोर भएको समाचार विभिन्न समाचार माध्यममा प्रकाशन भएसँगै शुरु भएको युद्ध बचाउन अभियानलाई चीनमा रहेर व्यापार, व्यवसाय लगायत अन्य काम गरिरहेका हुम्लीले रउक्त सहयोग संकलन गरेर पठाएका हुन् ।
लामो समयदेखि चीनमा रहेर व्यापार गरिरहेका ७५ जना हुम्लीले आफ्नो एक दिनको खाजा वापदको रकम कटाएर असाहय बालक युद्धको उपचारका लागि सहयोग गरेको चीनमा रहेका सिमकोट गाउँपालिका–४ बुराउसे गाउँका जङगबहादुर लामाले (निमा) ले बताए ।
लामाले युद्ध शाहीको घरको आर्थिक अवस्था अति नाजुक तथा बुवा नभएर उपचारमा थप समस्या बनाएको समचार प्रकाशन पछि अलिकती भएपनि आर्थिक आर्थिक सहयोग गर्नु पर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा आफु र नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामा मिलेर संकलन गरेको ८१ हजार सात सय रुपैया बुधबार नेपाल पठाएका हुन् ।
बालकको उपचारका लागी आथिंक संगलन गर्ने कार्यमा आफु र लिमीका छुल्ठिम दुबै जनाले चीनमा रहेका हुम्लीलाई सहयोग मागेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारीको सक्रियतामा हाल जिल्लामा बालकको उपचारका लागी अर्थिक संकलन हुने क्रम जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको नेतृत्वमा युद्ध बचाउँ अभियान सञ्चालन भईरहेको छ ।
हुदुबै खुट्टा भाँचिएका ११ वर्षिय बालक युद्धको उपचारका लागी चीनमा रहेका हुम्लीले पठाएको आर्थिक सहयोग रु. ८१ हजार सात हजार विहिबार प्रमुख जिल्ला अधिकारी आर्चायलाई हस्तान्तरण गरीएको हो ।
घाइते बालकका बुवाको केही वर्ष अघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उपचारका लागी आर्थिक अभावभएको समचार प्रकाशित भएको हो ।
जिल्लामा व्यक्तिगत, तथा विभिन्न संस्थाले गरेर यो उपचारका लागी आर्थिक सहयोग जुटाउने कार्य जारी रहनुका साथै अझै सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ । हाल सम्म युद्धको उपचारका लागी रु दुई लाख ४८ हजार ९ सय ३९ रुपैया संकलन भएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए ।
घाइते बालक युद्धको उपचारका लागी कर्णाली प्रदेश सुखेर्तमा रहेको प्रादेशिक अस्पतालमा निशुल्क उपचार भईरहेको छ । १४ वर्षिय दिदिसँग बस्दै आएका बालक आमा बुवाको माया पाउनबाट बन्चित भएका छन् भने सानो समस्या पर्दा जिल्लाका अगुवाहरुले समधानको सहयोग जुटाउँदै आएका छन् ।