मुगु । निरन्तर वर्षाका कारण गमगाढ साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द भएपछि मुगु जिल्ला सदरमुकाम गमगढी एक सातायता अन्धार बनेको छ ।
आयोजनामार्फत विद्युत आपूर्ति ठप्प भएपछि छाँयानाथ रारा नगरपालिकाका स्थानीय नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । भारी वर्षाका कारण नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुको मुहान र नहरमा बालुवा, ढुङ्गा र लेदो विद्युत सेवा आपुर्ति नभएपछि यस्तो समस्या आएको हो ।
आर्थिक वर्षको साल्तमानको समयमा विद्युत अवरुद्ध भएपछि सरकारी तथा गैरसकारी निकायका काममा ठूलो अवरोध आएको बताइएको । ‘एकतसाता भैसक्यो उपभोत्तले विद्युत कहिले आउँछ भनेर प्रश्न गर्छन गरिरहेका छन् तर पनि विद्युत सूचारु हुने कुरामा अन्यौल मुगु नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ले भने, ‘विद्युत कार्यालयले आज आउँछ, भोलि आउँछ भनेर आश्वासन बाँडेपनि त्यो पुरा भएको छैन् ।’
विद्युत सञ्चालन गर्न सुरक्षाकर्मी तातिए
एक सातादेखि अवरुद्ध भएको गमगाढ विद्युतलाई सूचारु गर्न सशस्त्र प्रहरी बलले आप्mनो सक्रियता बढाएको छ ।
गमघाढ वितरण केन्द्रमा जनशक्ति अभावको कारण दर्साउँदै विद्युत सूचारु गर्न ढिला भएको बताएपछि सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्मले १५ जनाको टोलीले श्रम गर्ने काम गरिरहेको छ ।
वितरण केन्द्रले आफूसँग जनशक्ति नभएको कारण विद्युत सूचारु गर्न ढिलाई भएको भन्ने कुरा आएपछि आफूले १५ जना सुरक्षाकर्मी खटाएकोसशस्त्र प्रहरी बल मुगुका डिएसपि खुमबहादुर केसीले जानकारी दिए ।
‘पानीको बहाव ठूलो भएकाले स्काभेटरको सहायताले पानीलाई हटाउने काम भैरहेको छ’ डिएसपी केशीले थपे ‘प्रहरीको सहजिकरणमा हिजो नैं नहरमा पानी सञ्चालनमा आएको र मुहानमा काम बाँकी भएकाले शुक्रबार काम सम्पन्न गरि दिउँसो २ बजे भित्र बत्ती संचालनमा आउने भनिएता पनि विद्युत सेवा सुचारु भएन । आशा गरौ आज (शनिबार) वेलुकासम्म विद्युत सूचारु हुन्छ की !’