मुगु । हेर्दा झट्ट लाग्छ कलिलो फर्केको फुल जस्तो नानी । ओठमा मुसुक्क मुस्कान छरेकि । चाँदी जस्तै टलक्कै झल्किएको दन्ते मुहार ।
शिरमा निलो लामो टोपि, निलो सुईटर, हातमा फलामे हतौडा, लम्पसार भएको खुट, रातो काटीएको चप्पल, वरीपरी गिट्टीका रास, पँेहेला, सेता बोरा, हाफ बनाएर लगाएको प्वाईन्ट वा कट्टु आधा दर्जन भन्दा बढि बालवालिका, ढुंगा सँगै खेलिरहेका छन् ।
आज भोलि उनीहरुको विहानी साँझ दैनिकी ढुंगा सँगै खेल्ने गरेका छन् । ढुंगा, माटो सँगै उनीहरुको दैनिकी गुजारा चलिरहेको छ । एकातिर कोभिड १९ ले विद्यालय बन्द छन् । स्कुल पनि जान पाएका छैनन । घरमा विहान बेलुका छाक टार्ने गास पनि छैन ।
एक जोर फेर्ने टालो पनि छैन । कापि कलम किन्ने आयश्रोत पनि छैन । कोरोनाले पठनपाठनमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । त्यो भन्दा बढि कर्णालीका हिमाली जिल्लाका बालवालिका लाई त झनै असर परेको छ । कर्णालीका दश जिल्ला मध्ये मुगु जिल्ला पनि एक हो । यहा धार्मिक, सास्कृतिक, परम्परा, रितिरिवाज, कृषि क्षेत्रले चिनिएको जिल्ला हो तर यहाका आर्थिक भौतिक, सामाजिक, स्वास्थ्य शिक्षाले केही पछि परेको देखिन्छ । विगतका वर्ष देखिनै शिक्षा क्षेत्रमा पछि परेको यस जिल्ला हाल सम्म पनि ज्युका त्युँ छ ।
विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व नै आक्रान्त पार्नुका साथै मुगु जिल्ला पनि अछुतो रहेन । कोरोनाले गर्दा चैत महिना देखि हाल सम्म निषेधज्ञा जारी रहेको छ ।
बालवालिकाको पढाईमा पनि प्रत्यक्ष असर परेको छ । विद्यालय बन्द भएको समयमा केही आम्दानि होस भनि यहाका बालवालिकाका आयश्रोत तर्फ लागेका छन् । विशेष गरेर जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ४ का दलित बस्तिका बालवालिका आयश्रोत तर्फ लागेका हुन ।
अन्य बालवालिका लाई विहानै उठ्ने बित्तिकै पठनपाठनमा सरिक हुन्छन तर दलितका छोराछोरी पढ्नुको त कुरा परे जावस काम तिर लाग्ने गरेको उनीहरु बताउछन् ।
घरमा कुनै पनि आमा बुवा, जागिर छैनन, काम पनि त्यति पाउनु हुन्न काम पाईहाल्यामा थोरै थोरै मात्रा आउछ त्यो खाना पुग्दैन, घरका सबै परिवारले सानो भए पनि केही कमाई गरौ भनेर गिट्टी कुट्न आएको सेतिबाडा आधारभुत विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा जुमाना कामिले बताईन ।
उनी उमेर अहिले १४ पुगिन । घरमा जहान परिवार छ । खाना लाउन सोचे अनुरुप पुग्दैन । बिचरा उमेरले यति सानो मान्छे कमाई पनि कति नै होस् । उनी भन्छन् मासिक रुपमा लगातार गिट्टी कुट्दै गईयो भने त्यहि १५ सय २ हजार सम्म मात्र हुन्छ । यसैले कापि कलम किन्ने कि, घर खर्च चलाउने कि दुखेसो पोखिन । उनी मात्र होईनन त्यतै कथा उनको अर्को साथि पनि छ , उनी हुन सन्तोष कामि उमेर ९ वर्ष भए ।
उनको घरमा उमेर ढल्लकेका बुवा हुनुहन्छ । उनको बुवाको काम आरन ब्यवसाय । यो पेशाले कतिनै पुग्छर ? एकातिर पछिल्लो समय आरन पेशा पनि लोप हुदै गएको छ ।
पुराना पुस्ताले हस्तान्तरण गरेता पनि नया पुस्ताले यो पेशा लाई नअंगाल्नुले विस्तारै हराउदै गएको विज्ञहरुको बुझाई छ । सन्तोष कामि गिट्टी कुटेर महिनामा ५ सय सम्म आम्दानि गरेको उनी बताउछन् । यो गिट्टी कुट्ने काम पनि धौ धौले पाईन्छ ।
सायद यो भनेकै हाम्रो भाग्यको कुरा होला किने भने हामि आफै अध्ययन गर्ने विद्यालयमा आफै नै निर्माण कार्यमा लागेका छौ । यो अभियान भनेकै आफ्नो विद्यालय आफै बनाउ भन्ने मुल ध्ये भएको उनीहरुको एक मत रहेको छ ।
एकातिर यहाका स्थानीय सरकारले यस्तो महामारीको समयमा बालवालिकाको उर्जाशिल कार्यमा विभिन्न प्रकारका कार्यक्रमहरु ल्याउन आवश्यक देखिएको छ ।
भविष्यका कर्णदार लाई स्थाानीय सरकारले जडो राख्यो भने पछि बलियो खम्बा हुने यहाका स्थानीयले बताएका छन् ।