अषाढ २४ हुम्ला । कोभिड सुरु भए यता हुम्लामा पहिलो अनलाई कक्षा हुम्लाको जिल्ला सदरमुकाममा रहेको कैलाश बोधीले सञ्चालनमा ल्याएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कुलले सञ्चालन गरेको अनलाईन कक्षामा सहभागि विद्यार्थी विकट उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधि स्कुलले शुरु गरेको अनलाईन कक्षा प्रभावकारी देखिएको छ ।
हप्दौ देखि महिनासम्म फोन इन्टरनेटले काम गर्न छोड्ने हुम्लामा कैलास बोधीले अनलाईन कक्षा सञ्चालन गरेयता देखि प्रभावकारी बन्दै गएको छ भने विद्यार्थीहरुको सहभागिता बढेको बताइएको छ । लामो समय देखि दोस्रो लहरका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण देशभर फैलिदै गएपछि नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन पाठनलाई सुचारु गर्नको लागी पहिलो पटक विद्यालयले अनलाइनबाट पठन पाठन सुचारु गर्ने प्रयास गरेको हो ।
कोरोनाको कारण नयाँ शैक्षिक शत्र सुरु भएको भएपनि पठन पाठन सुरु नभएको बेला बैकल्पीक माध्यम अनलाईनबाट कक्षा पाँच देखि आठसम्मको सुरु गरिएको विद्यालयका प्रिन्सीपल छवाङ लामाले बताए । सरोकारवाला पक्षले भौतिक रुपमा पठन पाठन सुचारु गर्ने बारेमा कुनै बिकल्प दिन नसकेपछि विद्यालयले असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भएपछि केही केही दिन यता देखि नियमीत अनलाईन कक्षाबाट पठनपाठन गरीरहेको प्रिन्सीपल लामाले बताए ।
सुरुका दिनमा दुई तीन जना बिधार्थी मात्र अनलाईन कक्षामा सहभागी भएपनि त्यो संख्या प्रतिकक्षा हाल १५ जनासम्म पुगेको छ । गाउँ गाउँमा रहेका अविभावकहरु सम्पर्कमा आएर बिधार्थी सदरमुकाममा पठाउन थालेकोले विद्यालयको प्रयास सफल हुन थालेको उनले जानकारी दिए ।
हाललाई चारवटा मुख्य बिषयहरु, अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका विषयहरु पठन पाठन पठनपान भईरसहेको छ । अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र नेट इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताए ।
जिल्लामा बिद्यालयको सङ्ख्या सयौ भएता पनि उक्त बिद्यालयले हुम्लामै अनलाइन मार्फत कक्षा सञ्चालनमा ल्याउने प्रथम बिद्यालय भएको छ ।