जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव सौचालयको ट्यांकीमा फेला परेको छ ।
एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फलिएको शव फेला पारेको हो । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो । सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर शवको खानतलासी गरेको थियो ।
सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको आरोप छ । सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइत पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ । तर माइती पक्षको मागलाई प्रहरीले वास्ता गरेको छैन ।
घटनाको अनुसन्धान गर्न अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय पनि प्रहरीसँग आग्रह गरेका थिए । तर, महोत्तरीका एसपी दिनेश आचार्यले आफूहरुको आग्रहलाई नमानेको उनीहरुले बताएका छन् ।
उनीहरुले मधेसी आयोग र महिला अधिकार आयोगमापनि घटनाको छानविनका लागि आवश्यक पहल गरिदिन निवेदन पठाएका थिए । मधेसी आयोगका अध्यक्ष विजय दत्तले तत्कालै घटनाको छानविन गर्न महोत्तरी प्रहरीलाई पत्राचार गर्यो । लगत्तै प्रहरीले माइत पक्षले आशंका गरेको खेतमा असार १३ खोजी गर्यो ।
त्यतिबेला करिब ५ फिट खाल्डो खनेपछि केश, कपडा र शरीर लगाउन प्रयोग गरेको केमिकल भेटियो । सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देबर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरासतमा छन् ।
सुजिताका श्रीमान सुस्त मनस्थितिका छन् । प्रहरीले पटक(पटक रुपेशलाई सुजिताको शव लुकाएको ठाउँ देखाउन भनेका थिए । तर तीन दिन अघि रुपेशले शव गाडेको भनिएको ठाउँ देखाए । तर थप प्रमाण् फेला परेन ।
सुरुदेखि नै महोत्तरी प्रहरीमाथि आशंका गरेका अधिकारकर्मी गुन्जा र सामाजिक अभियन्ता सरोजले नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेश रञ्जितकारसँग सुक्ष्म अनुसन्धानका लागि गुहारे । डिआइजी रञ्जितकारले घटनाको अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोलाई परिचालन गरे । उनले सुजिताको शव शौचालयको ट्याङ्कीमा लुकाएको सुराक पत्ता लगाए । त्यहीं सुराकीका आधारमा खोजी गर्दा आज सुजिताको शव फेला परेको हो ।
सामाजिक अभियन्ता सरोज भन्छन्, ‘प्रदेश प्रहरीका डिएसपी महतोको अनुसन्धानबाट आज सुजिताको शव फेला परेको छ । यो ठूलो सफलता हो । महोत्तरी प्रहरीले पहिल्यैदेखि घटना दबाउन खोजिरहेको थियो ।’ अधिकारकर्मी गुन्जाले पनि महोत्तरी प्रहरी र अपराधमा मुछिएकाहरुको सेटिङको आशंका गरेकी छन् ।
शव फेला परेको स्थलमा सुजिताकी आमा सुनिता पनि पुगेकी थिइन् । छोरीको शव फेला परेपछि आमा सुनिता पटक(पटक बेहोश भएकी छन् । विक्षिप्त स्थितिमा रहेकी आमा सुनिता भन्छिन्( मेरो मुटु नै चुँडेर लगे, अब कसको मुख हेरेर बस्नू रु
हत्याको कारण दाइजो
सुजिता हत्याको कारण दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेका छन् । तर हत्याको कारण खुलाएका छैनन् ।’
श्रीमान सुस्त मनस्थितिका भएकाले अन्य पुरुषसँगको हिमचिम पनि हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । ससुरा पक्षले अन्य पुरुषसँग भागेको भनेपछि प्रहरीले सुजिताका एक साथीलाई नियन्त्रणमा लिएको थियो । तर उनी निर्दोष देखिएपछि प्रहरीले छाडेको थियो ।