मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४० करोडको हारहारीमा बजेट ल्याएको छ ।
प्रमुख अथितिको विवादले सम्पन्न हुन नसकेको गाउसभा विहिवार गाउसभा उद्घाटन र बन्दसत्र गरि सम्पन्न भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४० करोड ३४ लाख, १२ हजार ७ सय ९६ बजेट ल्याएको हो ।
त्यस्तै प्रदेश समान्निकरण अनुदानबाट १ करोेड ४१ लाख अनुमानित रहेको ल्याएको सोरु गाउँपालिकाका सूचना अधिकारी प्रकाश मल्लले बताए । गाउँपालिकाले शसर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु शाखालगायत १९ करोड र प्रदेश सरकारको सर्शत बाट ९० लाख र आन्तरिक तवरबाट अनुमानित ६ लाख रकम रहेको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै पुजिगत तर्फ बाट संघिय सरकार बाट ९ करोड ४५ लाख र प्रदेश समान्निकरण अन्तर्गत १ करोड ४१ लाख रहेको बताए ।
मुगु जिल्लाको सन्दर्भमा अन्तिम बजेट ल्याउने र पास गर्ने सोरु गाउपालिका रहेको छ । विगतका वर्ष देखिनै विवादित गाउपालिका हाल सम्म पनि उस्तै अवस्था रहेको छ ।
विवादित गाउँसभा सम्पन्न
विवादित बनेको गाउसभा सम्पन्न भएको छ । प्रमुख अतिथिको विषयमा जनप्रतिनिधि बीच विवाद हुँदा उत्पन्न विवादले गाउँपालिकाको गाउँसभा अन्योलमा परेको थियो । जनप्रतिनिधिको विवादले आठौं गाँउसभा तथा बजेट सभा प्रभावित हुँदा गाउँपालिकाको बजेट अन्योलमा परेको हो ।
२० असारका लागि गाउँसभा तोकिएको भएपनि एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथिको कसलाई राख्ने भन्ने विषयमा टुंगो नलाग्दा गाउँसभा हुन सकेको थिएन ।
एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपालबहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको थियो ।
प्रमुख अतिथिको विषयमा दुवै दलका जनप्रतिनिधिबीच विवाद हुँदा सभा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी गराए । संघीय संरचना अनुसार असार १० गते भित्रै गाउँसभा सम्पन्न गरी सक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल थियो ।
छायानाथ रारा नगरपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले असार १० गते नै गाउँसभा गरेका छन् । ती पालिकामा बजेट समेत पारित गरी सकेका छन् ।