सिमकोट । स्वास्थ्यका लागि सक्ष प्रर्णालीले जिल्ला अस्पताल हुम्लालाई ६४ लाख ३५ जहार १७९ मुल्यबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रमले जिल्ला अस्पतालमा उपकरण अभावमा बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै उक्त डिजिटल एक्सरे मेसिन, नोजल क्यानलाविपप मेसिनआइपीसी मेसिन, एबिजी मेसिन हस्तान्तरण गरेको हो ।
जनस्वास्थ्य कार्यालय हुम्लाको अनुरोधमा कार्यक्रमले आफै उक्त स्वास्थ्य उपकरण खरिद गरेर हस्तान्तरण गरेको कार्यक्रमका प्राविधिक अधिकृत कालिदास जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रमले ३५ लाख ५९ हजार ५०० मुल्यको डिजिटल एक्सरे मेसिन जडान गरेर आज हस्तान्तरण गरेको हो । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रमले ११ लाख ७८ हजार ३६४ मुल्यका नोजल क्यानला, एक लाख चौवन्न हजार ३१५ को विपप मेसिन, ३ लाख मूल्यको आइपिसी मेसिन र १२ लाख ४३ हजार मूल्यको एविजी मेसिन हस्तान्तरण गरिएको छ ।
जिल्ला अस्पतालमा आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच कार्यक्रमका तर्फबाट सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त सामाग्री जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष लामाले हुम्ला स्रोतको धनी भएपनि भौगोलिक र उपकरणको समस्याले उपचारमा थप जटिलता उत्पन्न भएको उल्लेख गर्दै यो स्वास्थ्य उपकरणले जिल्लावासीलाई ठूलो राहत हुने उल्लेख गरे ।
स्वास्थ्यका लागि सक्षम प्रर्णालीले प्रदान गरेको स्वास्थ्य उपकरणले जिल्लाका बिरामीलाई ठूलो रकम खर्चेर सामान्य उपचारका लागि सुर्खेत नेपालगञ्ज र काठमाडौं जानबाट जोगिने बताए । काठामाडौंको शिक्षण अस्पतालमा रहेको डिजिटल एक्सरे मेसिनले जिल्लावासीलाई ठूलो राहत हुने अध्यक्ष लामाको तर्क थियो ।
कार्यक्रममा सामाग्री बुभ्mदै जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रम सिहंले स्वास्थ्यका लागि सक्षम प्रर्णालीलाई आफूले विभिन्न मितिमा गरेको आग्रहलाई मानेर जिल्लाको अस्पतालाई महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे ।