मुगु । कर्णाली प्रदेशको दश वटा जिल्ला मध्ये मुगु जिल्ला अन्नबालिको भण्डार र रैथाने बालिको रुपमा परिचित जिल्ला हो । यहाँ दर्जनौ भन्दा बढि प्रकारका स्थानीय रैथाने बालिको उत्पादन हुन्छ । मुगु जिल्ला त्यति मात्र नभई अर्गानिक जिल्ला भनेर पनि चिनिन्छ ।
उत्पादन भएका बालिहरुको सहरीय बजारमा छुट्टै गहना बोकेको छ । मुगुमा उत्पादन हुने रैथाने बालि, कोदो, फापर, जौ, उवा, भट्मास लगायत सिमि खेति पनि यहाको एक प्रमुख बालिको रुपमा लिईन्छ । पछिल्लो समय मुगु लगायत कर्णालीमा सिमि खेति गर्ने किसानको संख्यामा वृद्धि भएको छ भने आर्कषण पनि उत्तिकै बोकेको छ ।
हिमाली जिल्ला मुगुमा पछिल्लो समय सिमि खेति गर्ने किसानहरुको संख्यामा उकालो लाग्ने गरेको छ । अर्गानिक बालिको रुपमा परिचित यो सिमि बालि पछिल्लो समय यहाका किसानहरको पहिलो रोजाईमा पर्न थालेको हो ।
गत आर्थिक वर्ष २०७६।७७ देखि सदरमुकाम गमगढी बजारमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सिमि जोन कार्यक्रम सञ्चालन भएपछि मुगुमा पछिल्लो समय हजारौ किसानहरु ब्यावसायिक र निर्वाह मुखि सिमि खेतिमा लागेको कार्यालयले जानकारी दिएको छ ।
उन्नत जातको सिमि उत्पादन गरि यहाका किसानहरु लाई आत्म निर्भर गराउने हेतुले यो कार्यक्रमको थालनी गरेको सिमि जोन मुगुका बरिष्ठ कृषि अधिकृत थीरलाल गैह्रेले बताए । जिल्लामा अहिले १ हजार हेक्टरमा सिमि खेति निर्वाहमुखि रुपमा उत्पादन भई रहेको बताए । २०७६।७७ साल देखिनै यो कार्यक्रम लागु भए देखि जोनले ओगटेको ७ सय हेक्टर मात्र हो अन्य बाँकी कृषि विकास कार्यालय र यहाका स्थानीय तहले काम गर्दे गरेको अधिकृत गैह्रको भनाई छ ।
यो कार्यक्रम जिल्लाका ४ वटा स्थानीय मध्ये २ वटा स्थानीय तहमा मात्र कार्यक्रम लागु भएको छ । जसमा छायानाथ रारा नगरपालिका अन्तर्गत वडा नं ४, ७, ८, ९, १०, ११, १२ र मुगुमकार्मारोङ गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ गरि १३ वडामा यो कार्यक्रम लागु गरिएको बताए । सिमि जोन अन्तर्गत यि १३ वटा वडाहरुमा वार्षिक ६ सय मेट्रिक टन सिमि उत्पादन हुने गरेको छ ।
मुगुमा सिमि खेति उत्पादनमा सन्तोष जनक नरहेता पनि कार्यालयले बिस्तारै सिचाई, कुलो, यान्त्रिकरण, उन्नत बिउ, मल को प्रयोग, भण्डारण र प्रशोधन जस्ता आधुनिकिकरण माध्यम बाट डेट हेक्टर सम्म सिमि उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए ।
मुगुका किसानहरुले सिमि खेति गर्न थाले पछि वार्षिक रुपमा ३ लाख सम्म आम्दानि गर्ने गरेका छन् ।जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना सिमि जोन कार्यालय स्थापना भए पश्चात यहाँका वृद्धवृदा, महिला देखि युवा सम्मले पनि सिमि खेति लाई प्राथमिकताका साथ राख्दै सिमि खेति लाई अगाडी बढाई रहेको कार्यालयले जानकारी दिएको छ ।
यो कार्यक्रम सञ्चालन भईरहदा प्रभावकारी बन्नुका साथै, आर्य आर्जन पनि भएको छ । वार्षिक रुपमा मुगु बाट २० देखि २५ मेट्रिक टन सिमि बाहीरी जिल्ला निर्यात हुने गरेको कार्यालयले जानकारी दिएको छ ।