मुगु । यो वर्षको दशैंसम्म हिमाली जिल्ला मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।
जिल्लामा भएका खाद्य संस्थान तथा व्यापारकम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यन्न मौज्जात नरहने भएपछि यो वर्षको दशैंमा खाद्यन्न संकट हुने देखिएको हो ।
जिल्लाका पुलु डिपोकेन्द्र, सोरुकोट डिपोकेन्द्र, श्रीकोट डिपोकेन्द्र खत्याड, रातापानि बिक्रि केन्द्र खत्याड र कालै बिक्रि केन्द्र गरि ५ वटा डिपो तथा विक्रि केन्द्रमा असार महिना देखि असोज महिना सम्म रित्तै हुने भएका हुन ।
डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर आब्हान भईसकेको र साउन २१ गते सम्म टेण्डर आब्हानको लागि अन्तिम मिति रहेको रहने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ ।
डिपो केन्द्र बाट वितरण भईरहेको चामल आज भोलि सकिए पछि ति डिपो कार्यालय रित्तै भएका हुन । अहिले पुलु डिपो केन्द्रमा मात्र २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको छ त्यहि पनि गाउपालिकाले खरिद गरेको हो उही चामल पनि सकिने अवस्थामा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका सुचना अधिकारी पुस्कर भामले बताए ।
शाखा कार्यालय गमगढी बजारमा अहिले २ सय ४ सय क्विन्टल चामल मौज्दात रहेको छ । डिपो केन्द्रहरुमा चामल सकिए पछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राही दैनिकी भिड लाग्ने गरेको बताए ।
अहिले दैनिकि रुपमा १ सय देखि २ सय सम्म सदरमुकाम लगायत टाढा टाढा बाट पनि आउने गरेको उनको भनाई छ । उनले थपे सदरमुकाम गागढीमा रहेको शाखा कार्यालयमा चामल पनि थोरै छ । आवश्यकता अनुसार स्थानीय लाई पुर्याउन सकिएको छैन ।
अन्य जिल्ला भन्दा मुगुमा जिल्लामा टेण्डर प्रक्रियाको काम पनि अगाडी बढ्न सकेको छैन् । टेण्डर फार्म पनि जिल्लामा आईपुगेको छैन त्सो फार्म आईपुगे पछि टेण्डर प्रक्रिया अगाडी बढ्ने र सबै डिपो कार्यालय, बिक्रि केन्द्रमा चामल प्रसस्त मात्रामा पुग्ने भामको बिचार रहेको छ ।
डिपो केन्द्रहरु रित्तै भए पश्चात सेवाग्राही रित्तो हात लिएर घर फर्कने गरेका छन् । पछिल्लो समय मुगुमा स्थानीय रैथाने बालि उत्पादन तथा खेति गर्न बिस्तारै बिस्तारै हराउदै गए पछि आयतित खाद्यान्नमा निर्भर रहेका छन् । यहाँ उत्पादन हुने फापर, जौ, गहुँ, उवा लगायत स्थानीय रैथाने बालि लाई यहाका स्थानीय सरकार तथा सरोकारवाला निकायहरुले सम्द्धन तथा प्रवद्धनमा ध्यान नदिदा रैथाने बालि लोप हुने अवस्थामा पुगेको हो ।
त्यो भन्दा खत्याडको रातापानिमा रहेको बिक्रि केन्द्र १ वर्ष भन्दा बढि रित्तै रहेको छ । त्यहाँ लागि यो भन्दा अगाडी प्रादेशिक कार्यालय सुर्खेतमा ठेक्का प्रक्रिया र चामल ढुवानिको लागि शाखा कार्यालय मुगुमा पटक पटक पत्र काट्दा समेत सुनुवाई नगरेको र हाल सम्म पनि उक्त बिक्रि केन्द्रमा चामल नपुगेको बताए । मुगु जिल्लामा खाद्यान्नको लागि अहिले मात्र समस्या होईन विगतका वर्ष देखिनै यहाका स्थानीयले सास्ती खेप्दै आईरहेका छन् ।
कहिले डिपो केन्द्रमा चामल नहुनु, भएको चामल पनि समयमै वितरण नहुनु, यदि वितरण भए पनि समय नाघेको चामल वितरण गरिनु, चामल लिन डिपो कार्यालयमा पुग्दा विभिन्न प्रकारका समस्या दर्शाउदै रित्तो हात फर्कन जस्ता विभित प्रकारका सास्ती खेप्दै आएको यहाका स्थानीयको गुनासो रहेको छ । सुनको शिरानीमा रहेका यहाका स्थानीय नुनको खोजि गर्ने जस्तै अवस्था रहेका छन् ।