हुम्ला । जिल्लाको ताजाँकोट गाउँपालिकाले २२ जना नयाँ महिला स्वास्थ्य स्वयम्सेसेविका नयाँ छनौट गरेको छ ।
गएको हप्तामा गाउँपालिका भरीका २० जना महिला स्वयम् सेवीकालाई प्रोत्साहन सहित बिदाई गरे पश्चात सार्बजनीक सुचना प्रकासन तथा प्रशारण गरी नयाँ स्वास्थ्य स्वयम् सेबीका छनौट गरीएको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा गठन गरिएको ७ सदस्यीय छनौट समितिले २२ जना नयाँ महिला स्वास्थ्य स्वयम्सेविका छनौट गरिएको हो ।
गाउँपालिका अध्यक्ष मल्लको संयोजकत्वमा गठन भएको समितिमा गाउँपालिका,उपाध्यक्ष, प्रमुख प्रसासकीय अधिकृत, गाउँपालिकाको सामाजीक विकास समिति संयोजक, दुई वटै स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्य शाखाका प्रमुखको सहभागिता रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
उनका अनुसार गएको साउन ११ गते गठित छनौट समितिले अन्तरवार्ताको माध्यमबाट साउन १४ गते बसेको गाउँ कार्यापलिकाको बैठकले पालिका भित्रका सबै गाउँ टोल र वस्तीलाई समेट्ने गरी छनौट गरीएको थियो ।
आज छनौट भएकाहरुमा वडा नम्बर १ को जिमानामा बिनसरी रिठाल, काँडागाउँमा अनिता खड्का, वडा नम्बर २ को मैला गाउँमा संगिता बुढा, बाहुनबाडामा रमना पाण्डे,कटेलगाउँ खटिकबाडामा जनपुरा जैसीलाई छनौट गरीएको छ । त्यसै गरी वडा नम्बर २ र ३ को रोकायाबाडा र बदेलचौरको लागि सुवादेबी हमाल, वडा नम्बर ३ को चौतारी गाउँको लागि अञ्जु नेपाली, थापागाउँको लागि संगिता खत्री, रामा औलको लागि गंगादेबी सिंह, मासपुुरको लागि धनरुपा भण्डारी र नैकालाको लागि केशरी शाहीलाई छनौट गरेको छ ।
वडा नम्बर ४ को काउला डब्काको लागि सम्झना ढकाल, उत्तेसेनीका लागि रचना नेपालि, गल्लाबाडा १ को लागिबसुन देखी जैसी, गल्लाबाडा २ को लागिसर्मिला देबकोटा र सिरुपाटाको लागि नानीमैया बुढालाई छनौट गरेको छ । ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ को चिहिमा ऐसा बुढा, सेरीको लागि सौरी बुढा, भदौराको लागि अस्मीता बुढा, लोटपाटाको लागि संगिता बैजी, साँत्ती डप्काको लागि गिता बुढा र दलितबाडाको लागिटाँचा नेपालीलाई छनौट गरीएको प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । गाउँपालिकाले नयाँ महिला स्वास्थ्य स्वयमसेविकाका लागि आवाहान गरेको दरखास्तमा पालिका भित्रबाट विभिन्न ६६ जनाको आवदन परेको थियो । योग्यता, क्रियासिलताका आधारमा पालिकाले २२ जनालाई छनौट गरेको बताइएको छ ।
वडाअध्यक्ष असन्तुष्ट
गाउँपालिकाले नयाँ महिला स्वास्थ्य स्वयम्सेविक छनोट गरेकोमा वडा नम्बर २ का वडाअध्यक्षले भने असन्तुष्ट जनाएका छन् ।
नेकपा एमालेबाट निवार्चित वडा नम्बर २ का वडा अध्यक्ष अजमल बुढाले पालिकाको निर्णयप्रति आपत्ति जनाएका छन् । कार्यपालिकाको निर्णयलाई अवज्ञा गरी ५ कक्षा पास नगरेकालाई बिद्यालयहरुबाट ८ कक्षा पास गराएको सर्टिफिकट बनाई एकलौटी माओवादी केन्द्र समर्थितलाई मात्र महिला स्वास्थ्य स्वयम्सेसेविका नियुक्ती गरेर कार्यकर्ता भर्ति गरेको भन्दै बुढाले आपत्ति जनाएका छन् ।
‘म वडा अध्यक्ष गायँपालिकाको कार्यपालिकाको सदस्य भए पनि यसबारेमा कुनै जानकारी नदिएर कार्यकर्ता भर्ति गर्न यस्तो निर्णय भयो’ उनले भने, ‘एमालेकोतर्फबाट म मात्रै प्रतिनिधि हुँ तर गाउँपालिकाले कुनै जानकारी नदिएर पालिकाभरका सबै वस्तीमा एक पार्टीका कार्यकर्तालाई मात्रै नियुक्त गर्नु आपत्तिजनक छ ।’