मुगु । शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हाल सम्म पाठ्यपुस्तक पग्न सकेका छैनन ।
जिल्लामा रहेका सामुदायिक तथा निजी बिद्यालय गरी १ सय ४० वटा विद्यालयमा अध्यानरत १३ हजार २ सय भन्दा बढि विद्यार्थिहरुको हातहातमा पाठ्यपुस्तक पग्न नसकेका हुन् ।
समयमै जिल्लामा पाठ्यपुस्तक नपुग्दा आज भोलि जिल्लका विद्यार्थीलाई नयाँ कक्षाको अध्ययन गर्न थप समस्इा भएको छ । हात हातमा पाठ्यपुस्तक नपुग्दा ससाना बालबालिका धुलो माटोमा खेलेर उनीहरुको पढाई खस्किएको छ ।
विद्यालय बन्द हुनु र समयमै पुस्तक नपुग्नाले यहाँका वालवालीका गाई भैसी र घरको काममा रुमालिने गरेका छन् । एक तर्फ कोरोनाको महामारीले जिल्लामा निषेधज्ञा थपेको थपै गर्दा शिक्षा क्षेत्र पनि विथोलिने गरेको छ ।
जिल्लामा पाठ्य पुस्तक समयमा नपाउदा बालबालिकाको पढाइ तिर ध्यान नगएको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ फुलि गाँउका लिपबहादुर खड्काले बताए ।
जिल्लाको छाँयानाथ रारा नगरपालिका सबै वडा भित्र अध्यानरत कक्षा एक देखी १० कक्षासम्मका वालालीकाहरुलाई पाठ्यपुस्तकको खरीदको लागी सम्बन्धित विद्यालयका ३१ लाख ४४ हजार रुपैया विद्यालयको खातामा पठाईसकेको र पाठ्यपुस्तक खरीदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मी भामलाई समयमा पाठ्यपुस्तक ढुवानिको लागि नगरपालिकाबाट लिखित पत्र पठाएको र मौखिक रुपमा पनि समयमै पाठ्यपुस्तक पुर्याउन ताकेता लगाएको छाँयानाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खडकबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार अवको केही समयमा जिल्लामा पाठ्यपुस्तक पुग्ने र नगरपालिका भित्रका सबै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक जिल्लामा पुग्ने छन् ।’
मुगुमकामारोङ्ग गाँउपालिका र छाँयानाथ रारा नगरपालिका भित्र रहेका ६३ वटा सामुदायिक विद्यालयका पाठ्य पुस्तकको ढुवानिको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मी भामले जनकशिक्षा सामाग्री कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरीद गर्न रुपैया जम्मा गरी सकेको उल्लेख गरे ।
‘पुस्तक जिल्लामा ल्याउनका लागि सुर्खेतमा तयारी अवस्थामा रहेका छन्’ भामले भने ‘कणाली राजमार्गको विभिन्न खण्डमा बाटो भत्केको हँुदा ढुवानि गर्ने समस्याले रोकीए पनि अवको एक सातामा जिल्लामा पाठ्यपुस्तक पुग्र्ने भामको भनाई छ ।
खत्याड गाँउपालिकामा रहेको सामुदायिक विद्यालयको आ.व २०७८÷०७९को लागी पाठ्यपुस्तक ढुवानिको जिम्मा पाएको एवन एण्ड कलेक्सन रारा सप्लायर्सका प्रोपाईटर शान्ती रोकायाका अनुसार पुस्तक सुर्खेत बाट उठाएर ल्याउदा बिच बाटोमा सडक अवरोधका कारण रोकीएका छन् अवको ३÷४ दिनमा जिल्लामा पुगेर खत्याड गाँउपालिकाका अध्यानरत ६ हजार १ सय भन्दा बढी बिद्यार्थिहरुको हातहातमा पाठ्य पुस्तक पुग्र्ने आश्वसान देखाएका छन् ।