मुगु । हिमाली जिल्ला अस्पताल मुगुका लागि आएको अक्सिजन प्लान्ट ३ महिना बढि बितिसक्दा पनि हाल सम्म पनि जडान हुन सकेको छैन ।
गत बैशाख २४ गते अस्पतालमा आइपुगेको उक्त मेशिन हालसम्म प्रयोग बिहीन बन्नुका साथै अस्पतालको एक कुनामा थन्कि हाल सम्म पनि जडान हुन नसकेको हो ।
कोरोना महामारीलाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका ८ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट व्यवस्थापन गरेको थियो ।
छानबीन प्रकृया कहाँ सम्म पुग्यो के भयो, कुन प्रक्रियामा गई रहेको विषयमा जानकारी नगराइँदा प्लान्ट संचालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले बताए ।
उनका अनुसार लेखा समितिले अक्सिजन सामान जडान सम्बन्धि थप जानकारी नगराएको र प्लान्ट जडान सम्बन्धि कुनैपनि प्रकृया अगाडि नबढेको उनको भनाइ छ ।
प्लान्ट जडान गर्न पाइप लाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि जेठमा २ पटक सम्म सूचना प्रकाशन गर्दा समेत सामान खरिदको लागि कुनै कम्पनीको निवेदन नपरेको बुढाको भनाई छ । पाइपलाइन खरिदको लागि छुटाइएको १५ लाख रकम समेत फ्रिज गएको ज्ञानसिह बुढाको भनाई छ ।
यसरी दुर्गमका जनताको स्वास्थ्यका लागि बिनियोजन भएको लाखौँ रकम बजेट र उपकरणहरु बर्षैनी अलपत्र हुने गरेको जानकारहरु बताउँछन् । जिल्लामा लाखौँको सामान थन्किएको छ भने अस्पतालमा रहेका खाली अक्सिजन सिलिन्डरहरु भर्न नेपालगंज लगायतका सहरमा पठाउनु पर्ने अवस्था हाल सम्म पनि अवस्था टरेको छैन ।
अक्सिजन प्लान्ट मुगु अस्पताल आइपुगेलगत्तै २८ बैशाखमा बिभूति मेडीटेक इन्टरनेशनल सप्लायर्स लाई ३८ लाख ८० हजार रुपैयाँ भुत्तानी गरिएकोको बताईएको छ ।