मुगु । पछिल्लो समय नेपाल रेडक्रस सोशाइटि मुगु शाखा विपदमा परेका असहाय, गरीबि, निमुखाको सहारा बन्दै गएको छ ।
जिल्लामा रहेका टुहुरा बालवालिका, अपांङ्ग लगायत फरक क्षमता भएका नागरिकहरुको सहारा बन्दै गएको हो । नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुले लाखौ मुल्य बरावरका स्वास्थ्य सामग्री, राहत वितरण गरेको छ । आर्थिक वर्ष २०७६।७७ र आर्थिक वर्ष २०७७।७८ मा जिल्लामा रहेका असहाय टुहुरा बालवालिका, विदमा परेका नागरिक, आगलागि, विपद प्रतिकार्य जस्ता विषयमा संस्थाले लाखौ मुल्य बरावरका राहत स्वास्थय सामग्री सहयोग गरेको हो ।
कार्यालयले यति मात्र नभई विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को पहिलो र दोश्रो भेरियन्टको अवस्थामा सदरमुकाम लगायत ग्रामिण क्षेत्रका नागरिकहरु लाई स्वास्थ्य सामग्री सर्जिकल मास्क, सेनिटाईजर लगायत अन्य राहत सामग्री सहयोग गरेको नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६।७७ मा बाढि पहिरो बाट १ सय २४, आगलागि ५६, अपांग २, हुरी बतासबाट ५, गरिब तथा विपन्न ११ जान र अन्य २ जना गरि २ सय परिवारलाई राहत सहयोग गरेको रेडक्रस मुगुका मन्त्री रत्नसिहं मल्लले बताए । उनका अनुसार कोभिड १९ पुर्व तयारी प्रतिकार्य कार्यक्रम अन्तर्गत असहाय, अविभावक गुमाएका २० जनालाई ५ हजारका दर १ लाख रुपाँया नगद पनि सहयोग गरेको बताए ।
यस्तै छायानाथ रारा नगरपालिका वडा नं १४ का २ जनालाई जिन्सि सामानलगायत १६ हजार ८ सय बरावरको रकममा सहयोग गरेको बताए । जम्मा १ हजार ३ सय ९९ जना नागरिकलाई जम्मा ३ करोड ९० लाख मुल्य बरावरको राहत र स्वास्थ्य सामग्री वितरण गरेको मन्त्री मल्लको भनाई छ ।
यस्तै आर्थिक वर्ष २०७७।७८ मा चिसो बाट बच्नको लागि ३ सय वटा कम्मल वितरण गरिएको छ । जसमा वृद्ध वृद्धाको लागि ६० वर्ष माथिका लाई २ सय ५१, अपांग ५, सुत्केरी ३१, गरिब ६, अन्य ७ गरि महिला १४६ र पुरुष १५४ जनालाई सहयोग गरेको जानकारी दिए ।