मुगु । विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा आइतबारबाट शुभारम्भ भएको छ ।
आईतबार छायानाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका भगवान शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायानाथ लगेपछि आजबाट तीर्थयात्रा सुरु भएको हो ।
मुगुमकामरोङ गाउँपालिका डोल्फु रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा आजबाट प्रारम्भ भएको यहाँका पुजारीले बताएका छन् ।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता रुपमा छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ । आईतबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित कर्णालीका जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , सँगै सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा पुग्ने गरेका छन् ।
जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए ।
विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ । छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । आईतवार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूणर््िामाका दिनमा फर्किने गर्दछ ।