मुगु । हिमाली जिल्ला मुगुमा मंगलवार बाट मास्क बैक स्थापना भएको छ । लायन्स क्लव अफ मुगु राराको अगुवाईमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गदै मास्क बैक स्थापना गरिएको हो ।
‘हुनेले दिउँ नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैक संचालनका लागी छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग बाणिज्य संघ, एनआईसि एसिया बैक, डिप्रोस लघुवित्त, महाकाली नमुना माद्यामिक विद्यालय, सिदार्थ नेसनल बोडिङ्ग स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हामो्र सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लव अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले जानकारी दिए ।
गाँउघर,बजार तथा बाटोघाटोमा विना मास्कका नागरिकहरुको चहलपहल बढेपछि कोरोना संक्रमणले भहावह अवस्था लिने स्थिती देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेका जनतालाई निशुल्क मास्क दिन र दुई पैसा भएकाहरुले मास्क दान गरोस भन्ने उद्देश्यले बैक संचालन गरेको लायन्स क्लवले जानकारी दिएको छ ।
हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गदै बैक संचालन गरेको र सहयोगीदाताहरुको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैक स्थापना गरिने छ चार्टर प्रेसिडेन्ट मल्लले बताए ।