सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन भएको नेकपा एकीकिृत (समाजवादीक) का नेता हस्तबहादुर शाहीले आरोप लगाएका छन् ।
नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी नेकपा एकीकृत दर्ता भए पहिलो पटक हुम्लामा आयोजना गरिएको पत्रकार भेटघाटमा नेता शाहीले यस्तो आरोप लगाएका हुन् ।
'आप्mनो दम्ब र अहम्ताका कारण दुई तिहाइ नजिक रहेको वामपन्थी सरकारलाई धराशायी बनाएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो,' नेता शाहीले भने, 'ओलीको अहमताको विद्रोहस्वरूप देशले भर्खरै मात्र नयाँ पार्टी दर्ताको विकल्प रहेन ।'
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अर्का नेता शिवराज शर्माले कम्युनिष्ट आचारणभन्दा बाहिर रहेर काम गरेकै कारण एमालेको हालत अहिलेको अवस्थामा पुगेको आरोप लगाउदैपार्टी विभाजनका सबै दोषीको भागीदार पनि एमाले अध्यक्ष ओली भएको बताए । दम्भ, अहंकार र व्यक्तिवादी ओलीको सोचकै कारण अब उनको आगामी यात्रा पतनतर्फ उन्मुख रहेको भनाई उनको थियो ।
उक्त पार्टीको अर्का नेता लोकबहादुर हमालले देशभक्त र इमानदार कार्यकर्ता एकीकृत समाजवादीमा रहेको दाबी गर्नै ओलीको भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्तिको प्रतिफल अहिलेको अवस्था आएको बताए ।
पार्टीलाई एकढिक्कामा बनाउनकै लागि हुम्लामा सो पार्टीका गतिविधि अन्य जिल्लाको तुलनामा पछि सञ्चालन गरेको जानकारी दिँदै उनले अब संगठन विस्तारमा लाग्ने बताए ।
कार्यक्रममा तत्कालीन एमाले सचिव एकीकृत समाजवादी रोजेका नेता तीर्थराज रोकाया अब पार्टी नयाँ शिरा र ढंगबाट अगाडि बढ्ने बताए । पार्टी मात्र नभई देशलाई नै बर्बादीतर्फ धकेल्न उद्यत ओलीले अब त्यसको परिणाम भोग्ने बताए । पत्रकार भेटघाट कार्यक्रममा उक्त पार्टीसँग ३६ प्रतिशत जिल्ला कमिटी रहेको दाबी पनि गरिएको छ ।
जिल्ला कमिटी घोषणाको अन्तिम तयारी अवस्थामा रहेकाले आगामी असोज ११ गते त्यसको घोषणा गर्ने जानकारी गरिएको थियो । एकीकृत समाजवादी पार्टी स्थापना भएर गतिविधि अगाडि बढ्न सुरु भएको उल्लेख गरेका बताउँदै सबै वर्गका जनसमुदायलाई सहयोग गर्न अपिलसमेत गरिएको छ ।
यस्तो छ, नेकपा एकीकृत (समाजवादी) हुम्लाले जारी गरेको विज्ञप्ती