सिमकोट । नेकपा एमालेबाट बिभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)ले शिवराज शर्माको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटि बनाएको छ ।
पार्टी गठन पश्चात पहिलो पटक जिल्ला कमिटि घोषणा गरेको नेकपा एसले तत्कालिन एमालेका जिल्ला सचिव शर्माको अध्यक्षतामा नयाँ जिल्ला कमिटि गठन गरेको जनाएको छ । आज (शनिबार) सार्वजनिक गरिएको जिल्ला कमिटिको उपाध्यक्षमा तिर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी दिएको नेकपा समाजवादीका अध्यक्ष शिवराज शर्माले जानकारी दिए ।
सचिव रोकाया यसअघि नेकपा एमालेको सचिव थिए भने छत्याल नागरिक विभिन्न नागरिक फोरममा रहेर काम गर्दै आएका थिए । उपसचिवको नयाँ जिम्मेवारी पाएकी लामा युवासंघ नेपालकी केन्द्रिय सदस्य थिइन भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट सिमकोट गाउँपालिकाको उपाध्यक्षकी उम्मेरदवार थिइन् ।
गएको भदौ २१ गते अदनाचुली गाउँपालिकाका ५ जना जनप्रतिनिधिले सनाखत गरेपछि औपचारिक रुपमा आप्mनो उपस्थिती जनाएको नेकपा समाजवादीले अन्य जिल्ला कमिटिका पदाधिकारीहरुकाृ नामावली छिट्टै सार्वजनिक गर्ने जनाएको छ । 'हामीले १०१ सदस्यीय जिल्ला कमिटि गठन गरेका छौं' अध्यक्ष शर्माले नेपालवोटसँग भने, 'बाँकी जिल्ला कमिटि सदस्यहरुको नाम भूगोल, क्षेत्र, जात र लिंगका आधारमा समेट्ने गरेर केहि दिनमै सार्वजनिक गर्दैछौं ।'
जिल्ला कमिटि निर्माण गरेर संस्थागत रुपमै आप्mनो उपस्थिती जनाएको नेकपा 'एस'ले केहि दिनमै पार्टीको जिल्ला भेला गरेर आप्mनो उपस्थितीलाई गाउँसम्मै लैजाने जनाएको छ ।
नेकपा एमाले भित्रको विवादका कारण वरिष्ट नेता माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा 'एस' हुम्लामा एमालेका पुर्व पार्टी सचिव शिवराज शर्मा, कर्णाली प्रदेश कमिटि सदस्य हस्तबहादुर शाही, पार्टी सचिव तिर्थराज रोकाया लगायतका नेताहरु सक्रिय रुपमा लागेका छन् ।