सिमकोट । नेकपा एमालेबाट बिभाजीत भएको नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)ले हुम्लाका चार गाउँपालिकामा संगठन बिस्तार गरेको छ ।
दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकामा एकिकृत समावजादी पार्टीले गाउँपालिका स्तरको संगठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । अब सिमकोट, खार्पुनाथ र नाम्खा गरी तीनवटा गाउँपालिकामा संगठन विस्तार गर्ने भएको छ । हुम्लामा सातवटा गाउँपालिका रहेका छन् भने चारवटामा संगठन विस्तारको काम सकेर अब बाँकी रहेका तीन पालिकामा संगठन निर्माणको काम सुरु गर्ने भएको छ ।
ताँजाकोटबाट सुरु गरेको पार्टीको प्रारम्भीक सर्बेक्षणसँगै पार्टी सँगठन बिस्तार अभियान आइतबार चंखेलीमा र सोमबार सर्केगाड गाउँपालिका संगठन बिस्तार गरेको प्रदेश कमिटि सदस्य हस्तबहादुर शाहीले जानकारी दिए । ताँजाकोट गाउँपालिकामा देउच्या सार्कीको अध्यक्षतामा बसेको भेलाले सम्पत्ति शाहीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
यस्तै नेकपा एकिकृत समाजवादीले जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा ५१ सदस्यीय पार्टीको गाउँपालिका कमिटी गठन गरेको छ । जिल्ला नेतृत्व संगठन निर्माणको अभियानमा लागेको बेला उक्त गाउँपालिकामा कमिटी गठन भएको हो । अदानचुलीका संगठित सदस्य अक फडेराको नेतृत्वमा गाउँपालिका स्तरका अगुवा कार्यकर्ताहरुको भेलाले गाउँ कमिटी गठन गरेको हो ।
सर्केगाड गाउँपालिकामा धिरबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । उपाध्यक्षमा जयबहादुर शाही सचिवमा नवराज शाही र गौरी बुढा उपसचिबमा चयन भएको बताए ।
यसै गरी चंखेली गाउँपलिकामा कर सिराको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरेको छ । भने उक्त कमिटिको उपाध्यक्षमा बाँच बोहरा, सचिबमा झक्क रोकाया र उपसचिवमा दन्त ऐडी चयन भएको प्रदेश कमिटि सदस्य शाहीले बताए ।
उक्त अभियानमा जिल्ला प्रदेश कमिटि शाही सहित सचिब कमल छत्याललगायतको टोली जुटेको छ । यस सँगै नेकपा (एकिकृत समाजबादी)ले हुम्लाका चार वटा गाउँपालिकामा संगठन बिस्तार गरेको छ ।
केही दिनअगाडि जिल्ला अध्यक्षसहित चार जना पदाधिकारी पाएलगत्तै जिल्लाको दक्षिणी क्षेत्रमा गाउँपालिकास्तरको कमिटी गठन सुरु गरेर सम्पन्न गरेको हो ।