काठमाडौं । आज विश्व रेबिज दिवस । विश्वरभर रेबिजः फ्याक्ट्स, नट फियर’ अर्थात्, रेबिज सत्य हो, डर होइन भन्ने नाराकासाथ मनाइँदै छ ।
जसको अर्थ रेबिज डराउने विषय मात्रै होइन, भोग्ने बाध्यता हो । यसलाई खेलाँची नगरौं, भन्ने हुन्छ । प्रत्येक वर्ष २८ सेप्टेम्बरमा विश्वभर रेबिज दिवस मनाइन्छ ।
यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो । रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उहाँले पुर्याएको योगदानको कदर गर्दै पनि मनाउने गरिन्छ ।
नेपालमा विशेष गरेर कुकुरको टोकाइबाट रेबिजको संक्रमण हुने गरेको छ । नेपालमा कुकुरले टोकेर २०७६र७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको सरकारी तथ्यङक छ । यो संख्या एक दशककै बढी हो । यीमध्ये कतिको मृत्यु भयो रु यो तथ्यांक भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन ।
२०७५/७६ मा ३२ हजार ८ सय ८२ जनालाई टोक्दा १८ को मृत्यु भएको थियो । २०७४र७५ मा टोकिनेको संख्या ३३ हजार २ सय ४ थियो । मृतक ३२ जना थिए । ६ वर्षमा ८७ जनाको निधन भएको महाशाखाको तथ्यांक छ ।
धेरै व्यक्ति अस्पताल नआउने भएकाले घाइते र मृतकको संख्या अझै बढी हुन सक्ने विज्ञ बताउँछन् । रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको बताइन्छ । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।