ऐजेन्सी । हामी हेरात सहरबाट बाहिरियौं । भीडभाडयुक्त सडकबाट हामी एक लामो र सुनसान हाईवेमा पुग्यौं । तालिबानको दुईवटा चौकी पार गर्दै हामी अघि बढ्दै गर्दा उनले सोधेकी थिइन्– अब अफगानिस्तानमा कसले राज गर्ला ?
त्यहाँको पहिलो चौकीमा भेटिएका लडाकू मिलनसार थिए । तर उनले हाम्रो कार र त्यहाँको संस्कृति मन्त्रालयले दिएको स्वीकृतिपत्र राम्ररी जाँच गरे । हामी त्यहाँबाट हिँड्दै लाग्दा काँधमा असाल्ट राइफल भिरेको एकजनाले मुस्कान फाल्दै भन्यो, ‘तालिबानसँग डराउनु पर्दैन । हामी असल मानिस हौं ।’
तर अर्को चौकीमा भेटिएका पहरेदार केही फरक थिए, चिसो स्वभावको र खतरनाक पनि । तपाईंले अनुमान पनि गर्न सक्नहुन्न कि, यसरी तालिबान लडाकूसँग भेट हुन्छ भनेर । तिनका केही लडाकूले विरोध प्रदर्शनको समाचार कभर गरेको निहुँमा अफगान पत्रकारलाई निर्दयतापूर्वक कुटेका थिए । र, हालै पनि एक अनलाइन भिडियोमा एकजना विदेशी फोटोग्राफरलाई लडाकूले बन्दुक बटले हिर्काइरहेका थिए ।
सौभाग्य, हामीलाई त्यो जाँच चौकीबाट चाँडै छुट्कारा मिल्यो , तर एउटा बयान लिइयो, जुन चेतावनीजस्तै लाग्थ्यो । तिनले भने, ‘हाम्राबारेमा राम्रा कुरामात्रै लेख्ने निश्चित हुनुपर्छ ।’
एक बच्चाको मूल्य ९०० डलर
हेरातबाट करिब १५ किलोमिटर टाढा हामी एक धूलोमैलो, तर ठूलो बस्तीमा पुग्यौं । वर्षौंदेखि चलेको लडाइँ र सुख्खाका कारण विस्थापित भएका टाढाटाढाका मानिसहरु यहाँ आएर बसेका थिए । उनीहरुले त्यहाँको सहरमा काम पाउने र आफू सुरक्षित हुने ठानेका थिए ।
हामी कारबाट उत्रँदै थियौं, बाहिर बाक्लो धूलो उड्न थाल्यो । हावा निकै तिखो थियो, जुन केही सातामै कडा ठन्डीमा बदलिन तयार भएर बसेको थियो ।
हामी त्यहाँ के पत्ता लगाउन गएका थियौं भने, के साँच्चै त्यहाँका मानिसहरु गरिबीका कारण आफ्ना सन्तान बेच्न थालेका छन् रु मैले पहिलो पटक यसबारे जब सुनेँ, मनमनै सोचेँः निश्चित रुपमा एक–दुई यस्ता घटना होलान् । तर हामीले त्यहाँ जे यथार्थ देख्यौं, त्यसलाई पूर्ण रुपमा मान्न म तयार थिइनँ ।
हामी जब त्यहाँ पुग्यौं, एकजनाले हाम्रो टोली सदस्यसँग सोध्यो– के तपाईंहरु हाम्रा कुनै बच्चा किन्नुहुन्छ रु तिनले यसका लागि ९०० अमेरिकी डलर तिर्नुपर्ने बताए । मेरा सहयोगीले उनीसँग किन आफ्ना बच्चा बेच्नुपरेको भनी सोधे । ती व्यक्तिले आफ्ना ८ सन्तान रहेको र तिनलाई खुवाउनका लागि खानेकुरा केही पनि नभएको बताए ।
त्यहाँबाट हामी केही अघि बढ्यौं, एकजना महिला सानी बालिका बोकेर हाम्रो सामु आइन् । हाम्रा अनुवादकले भने– ती महिलाले आफ्नी डेढ वर्षकी छोरीलाई सामान किन्न पैसा आवश्यक परेकाले बेचिसकेकी थिइन् ।
हामी तिनीसँग केही सोध्न चाहन्थ्यौं, तर हाम्रा वरिपरि भीड जम्मा भइसकेको थियो । भीडबाटै एकजनाले भन्यो– मैले १३ महिनाकी भान्जीलाई पहिल्यै बेचिदिइसकेको छु । उनले के पनि थपे भने, घोर प्रान्तका एक व्यक्तिले निकै टाढाबाट आएर ती भान्जी किनेका थिए । खरिदकर्ताले ती बालिका ठूली भएपछि लिएर जाने सर्तमा पैसा तिरेको थियो । र, उसले बालिकाको विवाह आफ्नो छोरासँग गरिदिने पनि बताएको थियो ।
के होला यी बालिकाको भविष्य रु कसैले बताउन सक्दैन ।
एक घरमा हामीले ६ महिनाकी बालिका सुतिरहेको देख्यौं । के थाहा भयो भने, ती बालिका जब हिँड्न थाल्छिन् तब खरिदकर्ताले लिएर जानेछ । त्यो परिवारमा माता–पिता र तिनका तीनजना अरु सन्तान छन् र हरियो आँखा भएको एक छोरा छ ।
त्यो परिवारलाई कयौं दिन भोकै रात बिताउनु परेको छ । ती बालिकाका पिता खाली सिसी–पुराना कागज खोजेर जीवन चलाउँदै आएका थिए ।
उनले हामीसँग भने, ‘लामो समयदेखि मैले काम पाएको छैन । कुनै काम पाएका बखत म ६ या ७ वटा पाउरोटी किन्छु र बाँडेर हामी खान्छौं । मेरी पत्नी छोरी बेच्ने कुरासँग सहमत छैन । त्यसले चिन्तित छु, तर म लाचार पनि छु । बाँच्नका लागि अरु कुनै उपाय नै छैन ।’
म ती महिलाको आँखा कहिल्यै बिर्सन सक्दिनँ । त्यसमा क्रोध र लाचारी देखिएको थियो । छोरी बेचेर उनलाई जुन पैसा मिल्नेवाला थियो, त्यसले उनलाई बाँच्न मद्दत पुग्थ्यो । त्यसबाट अरु सन्तानका निम्ति खानेकुरा किन्न सकिन्थ्यो, तर त्यो पनि केही महिनाका लागि १
‘हामीले यस्तो अवस्था होला भनेर सोचेकै थिएनौं’
हामीले यतिसम्म खराब अवस्था होला भनेर सोचेका पनि थिएनौं कि, मानिसहरु बाँच्नका लागि आफ्ना सन्तान नै बेचिरहेका हुन् १ यसबारे खुलेर कुरा गर्ने अवस्था त्यहाँ बिलकुलै थिएन ।
हामीसँग जे जानकारी उपलब्ध थियो, त्यो बताउन हामीले संयुक्त राष्ट्रको बालबालिकासम्बद्ध संस्था युनिसेफमा सम्पर्क गर्यौं । युनिसेफले त्यस्ता परिवारसम्म पुग्ने र तिनलाई मद्दत गर्न कोसिस गर्ने बतायो ।
अफगानिस्तानको अर्थव्यवस्था विदेशी सहयोगबाट चल्दै आएको छ । तालिबानले अगस्टमा जब सत्ता हातमा लियो तबदेखि त्यस्ता सहयोग रोकिएको छ ।
फलस्वरुप सबैखाले सरकारी खर्च ९कर्मचारीको तलबसमेत०, विकासकार्य बन्द हुन पुगेको छ । यसबाट अर्थव्यवस्था त चौपट भएको छ नै, सर्वसाधारणको जीवन थप कष्टकर बनेको छ । तालिबान सत्तामा आउनुअघि नै जीवननिर्वाह जटिल बनिरहेका कतिपय अफगान नागरिकको अहिलको अवस्था झनै कठिन भएको छ ।
मानवअधिकारीको निश्चितता नभई र दिएको सहयोग कसरी खर्च गरिने छ भन्ने कुरा स्पष्ट नभई तालिबानलाई रकम दिनु खतरनाक कार्य हो । तर समस्या यसरी बढ्दै गएको छ कि, चाँडै नै देश भोकमरीमा जानेछ ।
हामीले हेरातमा जे देख्यौं, त्यसबाट के स्पष्ट हुन्छ भने, विनाकुनै बाहिरी सहयोग अफगानिस्तानका लाखौं नागरिकले यो जाडो कटाउन सक्ने छैनन् ।
(योगिता लिमये बिबिसी)