सिमकोट । नेपाल रेडक्रस सोशाइटी हुम्ला शाखाको सभापतिमा केन्द्रिय सदस्य छेपालदोर्जे लामालाई मनोनय गरिएको छ ।
रेडक्रश केन्द्रद्धारा जारी परिपत्र अनुशार सोशाइटीका केन्द्रिय सदस्य लामाको नेतृत्वमा विभिन्न १५ जनालाई जिल्ला कार्यसमितिमा मनोनय गरेको छ ।
लामो समयदेखि सामाजिक सेवा र रेडक्रशको अभियानमा लागेका लामालाई अर्को अभिवेशन नहुञ्जेलसम्मका लागि तत्काल तर्दथको सभापतिको जिम्मेवारी तोकेर पठाएको छ । भर्खरै गरिएको परिपत्रमा जिल्ला शाखाको उपसभापतिमा चन्दा शाही र छवाङ लामा, मन्त्रीमा गोकुल बुढा, कोषध्यक्षमा पासाङ लामा, उपमन्त्रीमा किरण बुढा, उपकोषाध्यक्षमा डिचिन डोल्कार लामालाई मनोनित गरिएको नव नियुक्त सभापति छेपाल दोर्जे लामाले जानकारी दिए ।
केन्द्रको परिपत्र अनुसार नरबहादुर रोकाया, हरिबहादुर रावत, भैरबहादुर लामा, कमल बोहरा, अर्जुन बोहरा, सरिता बोहरा, विष्णुदेवी रावल र भत्तराज ऐडीलाई सदस्यमा मनोनय गरिएको छ ।
रेडक्रशको केन्द्रदेखि स्थानीय तहसम्म ठूलो अनियमितता भएको भन्दै चर्को बिरोध भएपछि तत्काल महाधिवेशन गर्न कोरोनाका कारण संभव नभएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले केन्द्रमा डा. नेत्र तिमल्सीनाको अध्यतामा रेडक्रशको तदर्थ समिति गठन गरेको थियो । सोही समितिले जिल्लामा समेत अधिवेशन नहुञ्जेलसम्मका लागि तदर्थ समिति निर्माण गरेको बताइएको छ ।