कृष्णमाया उपाध्याय
जुम्ला । अर्काको ललाइफकाइमा लागेर सानैमा विवाह गरेका कारण जुम्ला जिल्लाका अधिकांश गाउँमा अहिले सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् ।
सानैमा घरका परिवारको करले विवाह गरेपनि अहिले आएर वैवाहिक सम्बन्धमा खलल परेर श्रीमानसँग् सम्बन्ध विच्छेद गर्नु परेको जुृम्लाको तिला गाउँपालिका वडा नम्बर ४ की २२ वर्षिय युववतिले बताइन् ।
‘१५ वर्षको उमेरमा विवाह गरेँ १६ वर्षको उमेरमा छोरी जन्मिन् त्यस पछि श्रीमानले विस्तारै आफुलाई माया नगनर्,े भनेको नमान्ने गरेका कारण बिस सेवन गरेर आत्म हत्या गर्ने प्रयास पनि गरे’ गहभरी आँशु निकाल्दै उनले भनिन, ‘नजिकै भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमै पुरेयाएका कारण ज्यान त बच्यो तर मनको पिर कहिल्यै मेटिएन् ।’ ‘मृत्युबाट बच्न भन्दा सामाजिक दूरव्यवहारबाट बच्न पछिल्लो समय आफूलाई निकै सकस भएको मर्का ति युवतीले सुनाईन ।
समाजका मान्छेहरुले वास्तविक कुरा नबुझेर महिलाहरुलाई नैं बढी दोष लगाउने गरेको देख्दा सारै दुःख लाग्ने गरेको बताएकी उनले थपिन, ‘न माइतीको माया पाएको छु न श्रीमानको नै माया पाएँ । आफुले जन्माएको सन्तानसँग समेत बस्न नपाउदाको पिंडा कहिल्यै नमेटिने गरि गाडिएको मनमा बसेको छ ।’
‘मैले उमेर पुगेर विवाह गरेको भए आफ्नो पढाइ पनि पुरा गर्न सक्थे र मन लागेको केटासँग विवाह गरेर सुखी जीवन विताउन सक्थे तर सानैमा विवाह गरेका कारण अहिले मैले सम्बन्ध विच्छेद गरेँ न छोरी पाएँ, न भनेजस्तो घरवार भयो । आफै जन्मेको माइति घर गएपनि त्यती राम्रो व्यवहार गर्दैनन् । भन्नुहोस् अब म बाँकी जीवन कसरी बिताउँ ?’ उनले प्रश्न गरिन ।
सानैमा विवाह गरेकाल राम्रोसँग पढ्न नपाएँ, आप्mनो स्वास्थ्य पनि कमजोर भएकोले थप कुनै कडा काम गर्न नसक्ने भएको बताउँदै उनले वाल विवाह गरेर आफूजसरी दुःखको बाटो नरोज्न अरुलाई सल्लाह दिइन् ।
घरपरिवारको करकापले सानैमा विवाह गरेकी चन्दननाथ नगरपालिका वडा नम्बर २ की २० वर्षिय अर्की युवतीको पिंडापनि कम्ती दर्दनाक छैन् । सानैमा विवाह गरेर आप्mनो स्वास्थ्य कमजोर भएपछि श्रीमानले अर्कै गरेपछि अहिले माइतीको शरण लिएकी ती युवतीले बाँकी जीवन कसरी अघि बढाउने भन्ने कुनै उपयाका बारेमा आफूले सोच्नपनि नसकेको बताइन् ।
‘विवाह लगत्तै उमेर नपुगेरै बच्चा जन्मियो । त्यसले न स्वास्थ्य राम्रो छ, न त पढाइ सक्न पाएँ, त्यसरी घरपरिवार भने अनुसार अहिले श्रीमानसँगको सम्बन्ध नैं राम्रो भयो’ उनले थपिन, ‘जीवनको लाउखाउ भन्ने उमेरमा न घरको न घाटको भएर बस्नु पर्ने अवस्था आयो ।’
सानै उमेरमा विवाह गरेर पाउनुसम्म आफूले पाएको दुःख अ कसैले पनि पाउन नपरोस भन्दै गाउँ र आसपासका भाइबहिनीहरुलाई उनले सल्लाह दिदै आएको बताइन् ।
माथि उल्लेख गरिएका जुम्लाका दुई किशोरीका घटना त प्रतिनिधिमुलक मात्रै हुन् । कर्णाली प्रदेशका १० जिल्लामा परेका बाल विवाह सम्बन्धि उजुरी दर्ताको तथ्यांकलाई केलाउँदा यस्ता अन्य घटना कस्ता होला भनेर आफैले जिब्रो टोक्नु पर्ने अवस्था देखिन्छ ।
नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ वटा, आर्थिक वर्ष २०७५÷७६ मा ७ वटा, आर्थिक वर्ष २०७६÷०७७ मा ६ वटा र चालु आर्थिक वर्ष २०७७÷०७८ को पुस १५ सम्म १४ वटा बाल विवाहका उजुरी त दर्ता भएका छन् । घर, समाज, स्थानीय तह गाउँको प्रहरी चौकी लगायतका विभिन्न तह पार गरेर औपचारिक रुपमै दर्ता भएका घटना त यती धेरै छन् भने यसरी आउन नसकेका घटना कति होलान् भने आँकल गर्न पनि निकै कहाली लाग्ने अवस्था कर्णाली प्रदेशमा छ ।
गाउँघरमा धेरै जसो वालविवाह भइरहेको हुन्छ तर प्ररीमा उजुरी नगन्ने मात्रामा आउने गरेको स्वयम् प्रहरीले स्विकारेको छ । श्रीमान् श्रीमतीबाट शुरु भएको विवाद घर, समाज, गाउँ, स्थानीय तह देखि विभिन्न तह पार गरेर मात्रै प्रहरीमा उजुरी आउने गरेको बताएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले गाउँमा यस्ता घटनाहरुको संख्या उल्लेख्य भएको जानकारी दिए ।
गाउँको सामाजिक मूल्यमान्यताका कारण वाल विवाह भएपनि प्रहरीलाई जानकारी नदिनाले अवस्था जटिल बन्दै गएको उल्लेख गरेको थापा कसतैबाट प्रहरीले थाहा पाउने बित्तिकै त्यस्ता वालविवाह हुन नदिन अग्रसर हुने गरेको बताउँछन् ।
वि सं २०६८ सालको जनगणना अनुसार अन्य प्रदेशको कर्णाली प्रदेशमा सबैभन्दा बढि अर्थाच ५२ प्रतिशत वाल विवाह भएको उल्लेख छ ।
सामाजिक सञ्जालको जञ्जाल
एक अर्को चिनजान नभएका व्यक्तिसँग सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुँदै जाँदा प्रेमको नाटक गरेर पछि धोका दिएका कारण पनि वालविवाह हुने र पछि आत्महत्या गर्ने सम्मका घटना पछिल्लो समय गाउँगाउँमै घट्ने गरेका छन् ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर २ जर्मीकी १८ वर्षिय बालिकाले २०७६ साल मंसिर १६ गते विष सेवन पश्चात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गयो । ति युववतिको विषयमा उनका वुवासँग बुझ्दा घरपरिवारमा त्यस्तो कुनै समस्या नभएको तर आफुहरु पढेलेखेका नभएका कारण छोरीले फेसबुक चलाउने फोन धेरै प्रयोग गर्ने गरेका कारण त्यसो नगर्न भनेर सम्झाउँदा यस्तो घटना भएको बताए ।
पछि बुझ्दै जाँदा सामाजिक सञ्जाल फेसवुकमै प्रेम सम्बन्ध जोडिएका युवासँगको विवादका कारण उनले विष सेवनको बाटो रोजेको देखिन्छ । ‘सँधै यस्तै हो भन्ने ठान्यौ तर यो घटना होला भन्ने सोचेका पनि थिएनौं’ उनका बुवाले भने ।
मेरी छोरी मात्रै होइन अबका अधिकांशं वालवालिकाले उस्तै क्रियाकलाप गर्ने हुन् कि भन्ने चिन्ताले सताउने गरेको बताएका ती वुवाले मेरी छोरीले त कलिलो उमेरमा ज्यान गुमाइ तर अरु बालबालिकाले पनि यस्तो नगरुन् भन्नकै लागि पनि हरेक वालवालिकाले अनियन्त्रीत सामाजिक सञ्जाल चलाउने कुरामा नियन्त्रण गर्नु पर्ने सुझाव दिन्छन् ।
मोबाइलमा फिल्म हेर्ने, गेम खेल्ने, धेरै मानिसहरुलाई साथी बनाउने र अपरिचत व्यक्तिसँग भिडियो कल गर्ने तथा अरुको देखा सिकी गर्ने वालवालिकाको संख्या बढ्दै गएको हाम्रो समाजमा देख्न पाइन्छ ।
बढ्दो सूचना र प्रविधिको विकास गाउँमा पुगेसँगै मोबाइल फोनमा बढी व्यस्त हुने घरपरिवार र आफन्तसँग राम्रोसँग नबोल्ने, सँगै खाना खाउँ भन्दा नखाने जस्ता क्रियाकलाप बढ्दै गएको हुनाले पछिल्लो समय वाल विवाहसँगै आत्म हत्या गर्ने युवायूवतीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको तत्थ्यांकले देखाउँछ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सामाजिक शाखामा कार्यरत महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार वालविवाहका कारण पछि गएर वहु विवाह हुने गरेको र त्यसको पिंडा सहन नसकेर महिलाहरुले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको बताएकी छन् । कतिपयले समयमा न्याय पाउन नसकेका कारण मानसिक रोगको शिकार बन्नुका साथै अन्तीममा आत्म हत्याको बाटो रोज्न बाध्य भएका घटनाहरु सार्वजनिक हुने गरेको बताएकी छन् ।
यसको साथ साथै गरिबी, अशिक्षा, सामाजिक, आर्थिक, धार्मिक समस्या तथा प्रविधिको अत्यधिक दुरुपयोगका कारण बाल विवाह भइरहेको हुनाले यसलाई रोक्नको लागि सरकारले विभिन्न कार्यक्रम शुरु गरिरहेको उनले बताएकी छन् । बाल विवाह न्युनिकरणको लागि बैँक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम अन्तर्गत छोरीको नाममा बैक खाता खोलेर प्रत्येक महिनाको ५ सय रुपैयाँका दरले २० वर्ष सम्म स्थानिय तह मार्फत रकम जम्मा गरिएको जानकारी उनले दिइन् ।
वालवालिकामा देखिएको समस्यालाई समाधान गर्नको लागि स्थानिय तह मार्फत विभिन्न सचेतना मूलक कार्यक्रम अगाडी बढाउनको लागि पहल गरिने जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवि उपाध्यायको भनाइ छ । ‘धेरै जसो अर्काको देखासिकी गरेर खान लगाउन नपुगेर आत्म हत्या गरेको घटनाहरु पनि बाहिर आएको हुनाले प्रदेश सरकार र संघसँग समन्वय गरेर सचेतना मूलक कार्यक्रम गर्न पहल गर्ने छौ ।’ उनले भनिन्, ‘एउटा पालिका मात्रै नभएर देशभर यस्तो समस्या भइरहेको हुनाले सरकारले देशभरका बालबालिकाको लागि एकिकृत कार्यक्रम गर्नु पर्छ ।’
गरिबीको जाँतोमा किशोरावस्था
पहिला पहिला गाउँघरमा जस्तो लगाए पनि हुने र जस्तो खाएपनि हुने गर्दथ्यो अहिले समयको परिवर्तनसँगै सिमित स्रोत साधन असिमित चाहाना राख्नुका साथै मानिसहरुको जीवन शैलिमा पनि परिवर्तन हुन थालेको छ । जसका कारण विभिन्न किसिमको समस्याहरु भोक्न बाध्य हुनु परेको बालबालिकाका अभिभावकहरुले बताएका छन् । जसका कारण १० वर्ष देखि १९ वर्ष सम्मका किशोरा अवस्थाका बालबालिकाले आफ्ना आवश्यकता पुरा गर्न नसकेका कारण बालिकाहरुले बाल विवाहको शिकार बन्न पुगेको अभिभावकहरुले बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक स्वास्थ्य परामर्श केन्द्रका अनुसार सन् २०१६ देखि सन् २०२० सम्मको तथ्यांक हेर्दा १ हजार ४ सय ६६ जना मानिसहरुले आर्थिक अभाव, पढाइमा असफल, घरेलुहिंसा, समय परिवर्तनसँगै आधारभूत आवश्यकता पुरा गर्न नसकेका कारण मानसिक समस्या भोक्नु परेको छ । जसमा १ सय ८५ जना बालबालिकामा मानसिक समस्या देखिएर उपचार तथा मनो परामर्शको लागि अस्पतालमा आएको बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपालका मनोपरामर्श कर्ता नन्दराज आचार्यले जानकारी दिए ।
यसलाई वार्षिक रुपमा केलाउँदा सन् २०१६ मा १ सय २३ जना महिला र १ सय १५ जना पुरुषहरु मध्येबाट ८ जना बालक र २५ जना बालिकाले मानसिक समस्या झेल्नु परेको छ । यस्तै सन् २०१७ मा १ सय ५० जना महिला र १ सय ३६ जना पुरुष मध्ये ७ जना बालक र २५ जना बालिका रहेका छन् ।
यस्तै सना् २०१८ मा १ सय ३६ जना पुरुष र १ सय ८३ जना महिला मध्ये ८ जना बालक र २१ जना बालिकाले मनोपरामर्श गरिएको छ । यस्तै सन् २०१९ को तथ्यांकलाई केलाउँदा १ सय ३४ जना पुरुष र १ सय ६३ जना महिला मध्ये १२ जना बालक र २१ जना बालिकाले मानसिक रोगको शिकार बन्नु परेको छ । यस्तै सन् २०२० सम्मको तथ्यांक अनुसार १ सय ३६ जना पुरुष र १ सय ८९ जना महिला मध्ये ३ जना बालक र ११ जना बालिकाले मानसिक समस्याका कारण आत्म हत्याको प्रयास गरेको मनोपरामर्श कर्ता नन्दराज आचार्यले बताए । यो तथ्यांक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आएकाहरुको मात्र हो । प्रदेश भरीको तथ्यांक यो भन्दा बढी हुन सक्छ ।
उनका अनुसार माथि उल्लेख गरिएका व्यक्तिहरु मध्ये सबै भन्दा बढी बालिका रहेको र उनिहरु अधिकाशंले उदासिनताका कारण आत्म हत्याको प्रयास गरेको पाइएको छ । उनिहरुलाई अहिले पनि औषधीद्धारा उपचारको कार्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिरहेको छ भने मनो परामर्शको कार्य आफुले गर्दै आएको आचार्यले बताए ।
किशोरा अवस्थाका बालबालिकालाई अभिभावक र शिक्षकहरुले राम्रो शिक्षा र संस्कार सिकाउनुका साथै आधारभूत आवश्यकता पुरा गर्न नसकेका कारणले पछिल्लो समयमा मानसिक समस्या झेलीरहेका मानिसहरु बढ्दै गएको उनले बताए ।
जुम्ला, कालिकोट, डोल्पा, मुगु र जाजरकोट जिल्लाका मानिसहरु समेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएर परामर्श र उपचारको लागि आउने गरेको उनले जानकारी दिए ।
उपाध्ययले यो स्टोरी सिजपको अनुदान सहयोगमा तयार पारिएको हो ।