खलंगा । जिल्लाको भेरी नगरपालिका १३ (कुदु बराहचौर नजिक) भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।
नेपालगन्ज देखि राडीबजार आउँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा (कुदु बराहचौर नजिक) राती दुई बजे दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा उपचार भईरहेको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोटकी १८ बर्षिया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ बर्षकी सन्ध्या मल्ल शाही रहेका छन् ।
त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ बर्षिय शेर बहादुर परियार, आठ्बिसकोट ४ निबासी ४ बर्षिया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भै दिपेन्द्र आधारभुत बिद्यालय बारेकोट सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गंगाराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ । उनीहरुको थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भैरहेको छ । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्र बहादुर देनारको भनाइ छ ।
यस्तै, घाइते हुनेहरुमा नेपालगञ्जका २५ बर्षिय मोहन खत्री, बारेकोट गाउँपालिका ९ कि संगिता बुढा, नलगाड नगरपालिका १० का अमित ध्यार सोही ठाउँका शेरबहादुर परियार, अमित धामी, अमर दमाई, नलगाड १ कि विपना परियार, सोही ठाउँकी बर्षा परियार, अविशेक परियार, नलगाड ४ कि हजारी वली, बारेकोट १ रामीडाँडाका खुमप्रसाद पुन, बारेकोट ७ का प्रेम सिंह, बारेकोट ९ कि मनिशा बोहरा, बारेकोट ६ का कमल चलाउने, बारेकोट ९ का कालीबहादुर बोहरा घाइते भएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निदाएर दुघर्टना भएको पनि आशंका गरिएको छ । यस्तै, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका दिव्या शाही, धर्मी मल्ल, जयबहादुर रिजाल, सरोज चन्द शाही रहेका छन् । कोहलपुरका शेरबहादुर खत्री, नेपालगञ्जका प्रकाश थापा, हिरन्जित यादव सप्तरी, गणेश नेपाली कुशे ९, गिता नेपाली कुशे ९, रेम्बो पुन, रुकुम पश्चिम चौरजहारी नगरपालिकाका रमेश विष्ट, आस्था वली घाइते भएका छन् ।