स्थानीय स्तरमै मिलापत्र गर्ने गरेपछि हुम्ला जिल्लामा मानव अधिकार उलंघन तथा ज्यादतीका घटनाहरु न्युन देखिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम गर्ने क्रममा यो वर्ष जिल्लामा अति न्युन घटनाहरु भएको इन्सेकको अभिलेखले जनाएको छ ।
हुम्लामा मानव अधिकारसंग सम्वन्धित जस्ता सुकै घटनाहरु भए पनि स्थानीय स्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटनाहरु न्युन देखिएको इन्सेकको स्रोतले जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्मको सङ्कलन गरिएका १० ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।
जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसंग सम्वन्धित तीन ओटा, स्वास्थ्य तथा शिक्षाका अधिकारका एक ओटा, महिला सम्वन्धि बलात्कार, बलात्कार प्रयास र यौनदुरव्र्यवहारका पाँच ओटा र आर्थिक तथा समाजिक अधिकारको एक ओटा घटनाहरु प्रस्तुत गरिएको हो । हालसम्म संकलन गरिएका तर भेरिफाई गर्न बाँकी रहेका भएमा सम्वन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेटनु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
इन्सेकले संकलन गरेका घटनाहरुको सम्वोदन गर्दै सो घटना प्रति सम्वन्धित निकायहरुको पनि ध्यान जानु जरुरत देखिएको प्रजिअ आचार्यको भनाई छ । समाजमा दुुई किसिमका घटनाहरु घटने गर्छन तीनि दुईवटै क्षेत्रका घटनालाई संकलन गरि एउटा अभिलेखीकरण गर्नु सुखद पक्ष रहेको नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले बताए । उनका आनुसार वर्ष भरि संकलन गरिएको घटनाहरुमा दर्ता प्रोसेसमा गएका मात्रै नभएर अन्य घटनाहरुलाई समेत संकलन गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकले कुनै पनि घटना संकलन गर्नु पर्दा भौगालिक बिकटताले समस्या हुने गरेको छ । तर त्यसलाई सहज गर्नका लागि इन्सेक केन्द्रले पनि ध्यान दिनु पर्नेमा जोड दिनु पर्ने बताए । त्यस्तै डिएसपी हेरम्व शर्माका अनुसार कुनै पनि व्यक्ति थुनामा रहेर गास, बास र कपासबाट बन्चित हुनु मानव अधिकार उलंघन हो ।
तर हुम्लामा त्यस्ता खाले घटना नदेखिएकाले सखुद पक्ष रहेको बताए । यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढी पहिरोबाट समस्या झेल्दै आएका घटनाहरुलाई पनि इन्सेकले अभिलेखिकरण गर्दा अझ थप सहारनिय कार्य हुने नेकपा एमाले जिल्ला कमिटिका सदस्य छक्क रोकायाले बताए । कार्यक्रम मंसिर १२ गते मानसरोवर होटेलमा विहान ८ वजे सञ्चालन भएको थियो ।