कोल्टी (बाजुरा) । चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं हामीले देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।
बाजुरा बिमानस्थलमा मानिसहरुले जहाज धकेलिरहेको दुर्लभ दृष्य आज देखिएको छ । तारा एयरलाइन्सको जहाज अवतरणका क्रममा पंचर भएपछि त्यसलाई रन वेबाटठ पन्छाउन यात्रुले धकेल्नुपरेको हो ।
हुम्लाको सिमकोटबाट ९ एनएभिइ जहाज बाजुरा बिमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा पुगेपछि पछाडिको टायर पंचर भएको हो ।
बिमानस्थलमा अन्य जहाजका यात्रुहरु उडानका लागि प्रतिक्षारत थिए । तर, तारा एयरको जहाजले अवरोध गरेपछि त्यसलाई यात्रु र सुरक्षाकर्मी मिलेर किनारा लगाए । त्यसपछि ताराकै अर्को जहाजले टायर लिएर गएका थियो । टायर फिट गरेर दुवै जहाज नेपालगञ्ज अवतरण गरिएको छ ।
तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।
जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए ।
त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।
त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।