कैलाली । बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा नवविवाहित दम्पती सहित चार जनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन बजारबाट
त्यस्तै पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
मृतक मनिसा र प्रेम नवविवाहित जोडी रहेको हुन् । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का ४० वर्षीय जानकी भट्टराई, ३८ वर्षीय बिष्णु भट्टराई, ६६ वर्षीय मानध्वज भट्टराई, १० वर्षका दिपक भट्टराई, २८ वर्षीय ओम प्रकाश भट्टराई, र ४० वर्षीय गोबिन्दी बिक घाइते भएका छन् ।
४० वर्षीय जानकी भट्टराईलाई डडेल्धुरा रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए । चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको हो।
रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटनामा २५ घाइते
जन्ती बोकेको बस दुर्घटना हुँदा रुकुम पश्चिममा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्याइएको छ । बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको उक्त बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनापछि बसका चालक सम्पर्कमा आएका छैनन् । उनी घाइते भए वा यसबारे केही नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार सुरु भएको छ । घटनाको कारणबारे केही खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीयहरूले भने ठूलो झरीका कारण उक्त सडक चिप्लो हुँदा बस चिप्लिएको हुनसक्ने आकलन गरेका छन् ।