सिमकोट । हिमाली जिल्ला हुम्लाका वालवालिकालाई मोर्डना खोप लगाइने भएको छ ।
अहिलेसम्म कोरोना विरुद्धको खोप लागउन नपाएका जिल्लाका १८ वर्ष भन्दा मुनीका वालवालिकालाई पहिलो पटक उक्त खोप लागाउने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
सम्भावित कोरोनाको संक्रमणबाट बच्न यो उमेर समूहका वालवालिकालाई उक्त खोप लगाइन लागिएको प्रमख सिंहले बताए ।
‘तोकिएका उमेर समुहका ९ हजार ६ सय २१ जना वालवालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइने निर्णय भएको छ’, सिंहले नेपालवोटसँग भने, ‘खोप आगामी पुस ४ गतेदखि १४ गतेसम्म जिल्लाका सात वटै गाउँपालिकाका १ सयवटा खोप केन्द्र मार्फत लगाइने व्यवस्था गरिने छ ।’
दुई दिनभित्र सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजकहरुसँग भर्चुअल रुपमा मोर्डना खोपका बारेमा बैठक राख्ने र त्यस लगत्तै खोप सहित स्वास्थ्यकर्मी परिचालन गरेर खोप अभियानकै रुपमा संञ्चालन गरिने प्रमुख सिंहले उल्लेख गरे ।
यस अवधीमा एक जना खोप सम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने योजना स्वास्थ्य कार्यालयले अघि सारेको छ ।
खोप अभियान सञ्चालन गर्ने सम्बन्धमा शनिबार जिल्ला खोप समन्वय समितिको बैठकले उक्त मिति तय गरेको हो । खोप केन्द्र तोक्ने जिम्मा कार्यालयलाई लगाएको छ ।
उक्त खोप २०६१ देखि २०६६ सालसम्म जन्मेका १२ देखि १७ वर्ष उमेर समुहका बालकालिकाले लगाउन पाउने भएका हुन् । सो खोप २८ दिनको फरकमा दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म सम्वन्धित खोप केन्द्रमा लगाइने भएको छ ।
समितिका समस्यहरुलाई मोर्डना खोप सम्वन्धि भण्डार, ढुवानी र प्रयोगका बारेमा पनि अभिमुखीकरण गरिएको छ ।
लिमीका वालवालिका छुट्ने
हिमपातले स्वास्थ्यकर्मीलाई जान आउन र खोपको ढुवानीमा समस्इा हुने भएपनि नाम्खा गाउँपालिकाको लिमी यारी लगायतका क्षेत्रका वालवालिकालाई खोप लागउन समस्या हुने भएको छ ।
कार्तिकको पहिलो सातादेखि नैं हिमपातका कारण सहज रुपमा आवतजावत हुन नसकेको नाम्खा गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का वालवालिका भने उत्तः खोपबाट छुट्ने निश्चित छ ।
निर्धारित समयमा लिमी लगायतका उत्तरी क्षेत्रका वालवालिकालार्य खोपमा समेट्न नसकिएपछि उनिहरुलाई आगामी फागुन पछि खोप लागाउने व्यवस्था गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।