काठमाडौं । देश संघीय संरचनामा गएसँगै पहिलो पटक बिधान र संरचनामा संघीय संरचनालाई कार्यान्वयन गरेको नेकपा एमालेको कर्णाली प्रदेशले पलिहो पटक आप्mनै भूगोलको इन्चार्ज पाएको छ ।
पटकपटक आप्mनै भूगोलको नेतालाई इन्चार्ज दिन कर्णालीका नेता तथा कार्यकर्ताले माग गरेपनि दशौं महाधिवेशन पश्चात दोस्रो पटक बसेको केन्द्रीय कमिटि बैठकको निर्णय पश्चात पार्टी स्थायी किमिटि सदस्य यामलाल कँडेललाई इन्चार्जका रुपकमा पाएको हो ।
शनिबार र आइतबार बसेको कैनद्रीय कमिटिको कार्य विभाजन अनुसार नेता कँडेलले पहिलो पटक कर्णाली प्रदेशको इन्चार्जका रुपमा तोकेको हो । बैठकले गोरखबहादुर बोगटीलाई सहइन्चार्ज तोकेको छ । बैठकलेले दुवैजनालाई स्थायी कमिटिमा मनोनित गरेको छ ।
कर्णालीको पार्टीलाई भूगोलमा बलियो बनाउन स्थानीय स्तरका नेता खट्ने तर नेतृत्व (इन्चार्ज) नपाउने भन्दै पार्टी भित्रै स्थानीय नेता तथा कार्यकर्ताले नेतृत्व समक्ष आलोचना गरेपछि एमालेले कर्णालीकै अगुवा नेता (कँडेल र बाृगटी) लाई इन्चार्ज र सहइन्चार्ज बनाएको हो ।
'चितवनको सौराहमा सम्पन्न पार्टीको दशौ महाधिवेनशमै हामीले कर्णालीलाई कम्तीमा एक पदाधिकारी (सचिव) पायनु पर्छ भनेका थियौ तर पार्टी त्यतिखेर नेता व्यवस्थापन गर्ने सन्दर्भमा कर्णालीलाई समेट्न सकेको थिएन' एमाले स्थायी कमिटि सदस्य गोरखबहादुर बोगटील्े भने, 'तर केन्द्रीय कमिटिको दोस्रो बैठक (कार्य सूचिका हिसाबले पहिलो) कर्णालीको पार्टीलाई पनि सम्मानजनक स्थान दिएको छ, यो निकै खुशीको कुरा हो ।' पार्टाीकै लामो इतिहाँसमा कर्णालीले स्थायी कमिटिमा प्रिवेश पाएको पहलिो पटक भएबको बताएका बोगटीले अब एमाले पार्टीलाई कर्णालीका दशवटै जिल्लाका बीजयको झण्डा फहराउने नीति तथा कार्यक्रम बनाउने अधिकारी कर्णालीकै माटोले उत्पादन गरेका नेता कार्यकर्ताको काँधमा आएको प्रतिक्रिया दिए ।
‘एमाले भित्रको पार्टी एकताको मर्म र भावनाअनुसार कर्णालीले पदाधिकारी नपाएपनि दशौं महाधिवेशनअघि केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रयि सदस्इको संख्या ११ जना कबाट बढेर अहिले दुई दर्जन बढि पुगेको बताएका एमाले पोलिटव्यूरो सदस्य तथा मुगु जिल्ला इन्चार्ज मोशन बानियाँले पछिल्लो पटक गरेको पार्टीको निर्णय एतिहाँसिक भएको दावी गरे ।
काम कर्णालीको भूगोलका नेताले गर्ने तर पार्टीको निर्णयक तहमा कहिल्यै प्रतिनिधित्व नभएका कारण हामी कर्णालीका आम पार्टी नेता तथा कार्यकर्तामा केन्द्रले समेटेन भन्ने केही हतोस्साही मानसिकता थियाृे नेत बानियाँ भन्छन् अब पार्टीले त्यो मागपनि संवोधन गरेको छ । अब हरेक कार्यकर्ताले आप्mनो जिल्ला र गाउँलाई एमालेमय बनाउन लाग्न सुझाव दिएका बानियाँले आप्mनै नीति आप्mनै नेतृत्वको नारा कर्णालीको पार्टीमा लामो समयपछि लागु भएकोमा खुशी व्यक्त गरे ।