काठमाडौं । न्यायलय भित्रको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानन्यायधि पधानन्यायधिस चोलेन्द्र शमशेर जबराले न्यायसेवा आयोगको बबैठक बोलाएका छन् ।
नेपाल बार एसोसियसनले सर्वोच्च परिसरमै धर्ना दिएर राजीनामा माग गरिरहेको समयमा उनले वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष सहभागी हुने न्याय सेवा आयोगको बैठक बोलाएका हुन्। ‘भोलि ३ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ,’ न्याय परिषद् स्रोतले नेपाल लाइभलाई भन्यो, ‘हालसम्म उपस्थित हुने वा नहुने बारेमा जानकारी आएको छैन।’
जिल्ला न्यायाधीशको परीक्षा परिणाम लोकसेवा आयोगमा प्राप्त भएकाले त्यसमाथि छलफल गर्न प्रधानन्यायाधीश राणाले आयोगको बैठक बोलाएका हुन्। आयोगको अध्यक्ष रहेका राणाले विवादित भएपछि पहिलो बैठक बोलाएका हुन्। आयोगका अध्यक्ष प्रधानन्यायाधीश जबरा रहेका छन् भने वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्वबहादुर खाती सदस्य छन्।
पाँच सदस्यीय परिषद्का वरिष्ठ न्यायाधीश कार्कीले आफू प्रधानन्यायाधीश सहभागी हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन्। उनी भोलि बस्ने आयोगको बैठकमा पनि उपस्थित नहुने तयारी गरेका छन्। त्यस्तै कानुनमन्त्री र महान्यायाधिवक्ता उपस्थित नभएमा यो बैठक बस्दै नबसी स्थगित हुनेछ।
प्रधानन्यायाधीश र लोकसेवा आयोगका अध्यक्ष मात्र भएर बैठकको कोरम नपुग्ने भएकाले स्थगित हुने सम्भावना रहेको स्रोतको भनाइ छ। आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो। उक्त आवेदनमा सहभागी हुँदै परीक्षामा सहभागी भएकाहरुको लोकसेवा आयोगले परीक्षा लिएको थियो। उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई लभउबििष्खभलभधक२नmबष्।िअयm मा पठाउनु होला।