सिमकोट । बुधबार (आज) बिहनदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।
लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमि, मुचु, लगानयतका क्षेत्रमा ४ फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले जानकारी दिए ।
यो वर्षकै ठूलो अिहमपात भएको बताएका लामाका अनुशार हिमपातले मुचका खोलामा पानी जमेर बहाब नं कम भएको छ । सबैतिरको पानी समेत जमेर पुरै ठोस भएको बताएका लामाले नेपालवोटसँग भने, “जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन् । चिसोले खानेपानीका धारा जमेका छन् ।” ‘आज बिहान हेर्दा त तुमकोट आसपासका खोलाहरुको पानी समेत जमेर पुरै ठोस भएको बताएका लामाले आश्चार्य मान्दै लामाले भने, ‘जाडोले हामी त के पशुवस्तुलार्य समेत घर बाहिर निस्कनै मुस्किल छ ।’ मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानी समेत ठोस बनेका हुन् ।
सिमकोटमा २ फिट हिउँ
बिहान देखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ ।
हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् ।
निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दसरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको बताएका अधिकारी ढुंगानाले जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।